गायक तथा संगीतकार राम बहादुर बाडेको “नरिसाइदिनु” बिमोचन

इनेप्लिज २०७५ कार्तिक १३ गते २२:२७ मा प्रकाशित

काठमाडौँ : गायक तथा संगीतकार राम बहादुर बाडेको “नरिसाइदिनु” सार्बजनिक भएको छ l काठमाडौँमा भएको एक भब्य समारोहमा उक्त गित “नरिसाइदिनु” बिमोचन भएको हो l उक्त गीतमा अहिलेका युवा पुस्ता देखि पछिल्लो पुस्ताका व्यक्तिहरुको भावना समेटिएको कुरा गायकले बताएका छन् l शब्द सन्जिब बाडेको रहेको उक्त गीतमा गायक आफ्नै संगीत रहेको छ l गायक राम बहादुर बाडे एक कुशल भजन गायक समेत हुन् l

कगेश्वारी मनहरा नगरपालिकाको उप प्रमुख श्रीमती बिन्दु पुडासैनीको प्रमुख आतिथ्य तथा कृष्ण बहादुर धजुको बिसेष आतिथ्यमा बिमोचन गरिएको उक्त गीतलाई छायाँकार जनकराजले छायांकन गरेको यस गीतको म्युजिक भिडियोलाइ मोण्टि ले निर्देशन गरेका छन् भने सुशील, रुपेश र मोनिकाले अभिनय गरेका छन् l भिडियो चाडैनै बजारमा आउन लागेको कुरा गायकले बताएका छन् l

प्रतिक्रिया