शनिबार, मंसिर १ २०७५
काठमाडौं ०९:५५
वासिङटन डिसी 23:10

चर्चा परिचर्चामा कलिउड नाइट २०१८

इनेप्लिज २०७५ कार्तिक १३ गते १०:४३ मा प्रकाशित

हालसालै अमेरिकाको डिसी महानगर क्षेत्रमा सम्पन्न कलिउड नाइट २०१८ चर्चा परिचर्चामा छ । केसी डान्स सेन्टरको दोस्रो प्रस्तुति कलिउड नाइट २०१८ मा चर्चित नृत्यांगना तथा नायिका सारंगा श्रेष्ठ ५ बर्ष पछि स्टेजमा पुनरागमन गरेकी थिईन भने नायक सरोज खनाल उक्त कार्यक्रमको लागि नेपालबाट अमेरिका पुगेका थिए ।

नायक खनालको साथमा अर्का पुराना नायक किरणप्रताप केसी र रीमा केसी ले प्रस्तुत गरेको नाटकले हलमा उपस्थित सबैलाई भावबिभोर बनाएको थियो । नायिका सारंगा श्रेष्ठले नायक सरोज खनाल संग र नृत्य निर्देशक नबिन के सी संग छुट्टा छुट्टै प्रस्तुति दिएकि थिइन् । त्यसै गरि सुपरमम सुपर गर्ल एक साथ स्टेज मा उत्रिदा माहोल नै अर्कै बनेको थियो । द्वय हास्य कलाकार पुस्कर पन्त र अर्जुन दाहालले दर्शकलाई मनोरंजन दिदै हँसाएका थिए ।

गायक राम प्रसाद खनाल ,गायक संजिप प्रधान र गायिका सरिस्मा अमात्यको गीतले उपस्थित दर्शकलाई नचाएको थियो । त्यसै गरि कबि,साहित्यकार तथा रचनाकार अम्बिका गुरुङको उत्कृष्ट शब्द सृजनामा गायक सुमन के सी र मेलिना राईको आवाज रहेको अहिले बजारमा निकैनै चर्चित गीत मखमली चोलीमा नायक राहुल के सी र मोडेल सुनिक्षा मैनालीले गरेको प्रस्तुतिले छुट्टै रौनक दिएको थियो । उक्त गीतलाई कालिगण्डकी सिने म्याक्सले कभर सँगको रुपमा यु ट्युबमा ल्याएको छ ।

नबिन केसी र लुना श्रेष्ठको कोरियोग्राफी रहेको उक्त कभर भिडियोलाई दर्शकहरुले निकै नै मन पराएका छन् ।

प्रतिक्रिया