मेरो साथी काल !

इनेप्लिज २०७५ कार्तिक १३ गते १०:४१ मा प्रकाशित

पछिल्लो समय फरक किसिमको गीतसंगीत रचना र त्यसको भिडियोलाई निर्माण गर्दै आइरहेका गीतकार मनिष बसिस्ठले सर्ट फिल्म ’काल मेरो साथी’ लिएर आएका छन् । पछिल्लो समय पखेटा र मुखौटा जस्ता फरक शैलीको गीतपछि उनले यो सर्ट फिल्म लिएर आएका हुन् । यसमा रङ्गकर्मी जीवन भट्टराई र दिपेन्द्र शाहीको अभिनय रहेको छ । स्टोरी कन्सेप्ट अनुसार नै यी दुई भिडियोमा प्रस्तुत भएका छन् । यसको लेखनमा मनिषलाई रङ्गकर्मी लक्ष्मी बर्देवाले साथ् दिएकी छिन । यसमा ब्याकग्राउण्ड स्कोर ऋदम कँडेलको रहेको छ भने यसलाई ज्ञानेन्द्र शर्माले छायाँकन गरेका हुन् । यसलाई रुपेश खड्काले सम्पादन गरेका हुन् भने यसको निर्देशक निकेश खड्का हुन् । म्युजिक भिडियो निर्देशन हुदै फिल्म समेत निर्देशन गरिसकेका निकेशले यसलाई पृथकशैलीमा निर्माण गरेको बताएका छन् । यसमा कालसँगको भेटलाई देखिएको छ । असन्तुष्ट कविले जीवनको उतराद्धमा भएपनि काललाई भेटेर रचना गर्ने कविता र काल प्रतिको मानसिकतालाई भिडियोमा विम्बको रुपमा चित्रण गरिएको छ । निकेश सर्ट फिल्म मार्फत निकै आश्वादी छन् ।

निकेश खड्का

पछिल्लो समय म्युजिक भिडियो भन्दा केहि फरक गर्ने प्रयास हो , यो सर्ट फिल्म । मैले धेरै भिडियोको निर्देशन गरे तर यो टिमसँग काम गर्दा फरक नै हुदै गयो । यहि टिमसँग मैले मुखौटा , पखेटा लगायतका भिडियो तयार गरिसकेको छु , जुन मेरो अन्य भन्दा फरक छ । यो पनि त्यसैको निरन्तरता हो । हामीले परिस्थितिलाइ सिम्बोलिक रुपमा देखाउने कोसिस गरेका छौ । भिडियोले एक किसिमको सोच सिर्जना गर्छ भन्नेमा आश्वादी छु ।

मनिष बसिस्थ

( यसलाई सुरुवातमा गीत मात्र बनाउने कि भन्ने सोचाइ नआएको होइन तर डेभलप हुदै गएपछि यसले सर्ट फिल्मको रुप लिएको हो । मेरो रचनामा तयार भएका अघिल्ला गीतहरु फरक नै छन् , जसलाई मैले युट्युब एमबी क्रिएसन मार्फत ल्याएको छु । दर्शकबाट आउनेप्रतिक्रियाले हामीलाई अगाडी बढ्न अझै हौसला मिल्छ भने मार्गदर्शन पनि पाइन्छ ।

प्रतिक्रिया