अमेरिकी मूलधारको राजनीतिमा होहल्ला तथा प्रचारबाजी नगरी पनि बिजयी हुने सिटौला तथा पन्थीबाट मुलमन्त्र लिने कि ?

विजय थापा २०७५ कार्तिक १३ गते २:०५ मा प्रकाशित

डीसी । अहिलेको युग हल्ला गर्नेको युग हो । सामाजिक संजालले बिश्व खाएको अवस्थामा होहल्ला नगरी ,प्रचार प्रसार नगरी कही कसैले निर्वाचन जित्न सक्छ भन्यो भने विश्वास नै गरिदैन । चुनावी मैदानमा उत्रे पछि जसरी भए पनि ढोल ठोकेर होस् या बिकुल बजाएर होस् होहल्ला गर्नै पर्छ ।

तर होहल्ला सामाजिक संजाल तथा संचार माध्यममा प्रचार प्रसार नगरी पनि अमेरिकामा मूलधारको राजनीतिमा निर्वाचित भए पछि मात्र होहल्ला गर्ने दुई व्यक्तिहरु क्रमस किरण सिटौला तथा मधु पन्थी हुन् भनि चर्चा गर्नु पर्दा आइतबार पर्खनु नपर्ला ।

सिटौला तथा पन्थी अझ पनि अमेरिकी स्थानीय स्तरको राजनीतिमा आबद्ध छन् । उनीहरुले प्रचार प्रसार र नेपाली समुदायमा ज्यादा समय खर्च गर्नु भन्दा ज्यादा समय मतदातासंग घरदैलो अभियानमा लागे । नेपाली समुदायसंग हात थापेनन । कुनै पनि नेपाली संचार माध्यममा आउन र प्रचार प्रसार गर्न चाहेनन् । तर उनीहरुले चुनाव जिते । र नेपाली मूलकामा आफ्नो नाम लेखाउन सफल भए । प्रचार प्रसारको बारेमा सहयोग गर्छु भन्दा किरण सिटौला तथा मधु पन्थीले मानेनन् ।

तर अबको जमाना भनेको जति सक्यो हल्ला गर्नेको जमाना छ । यस अर्थमा यो हैन कि सिटौला तथा पन्थीले होहल्ला नगरेका भने चाही हैन । गरे ! तर चुपचाप मत मागे ,घर दैलो अभियानमा दिन रात खटे अनि बिजयी भए । सबैको चुनाव प्रचार प्रसार गर्ने शैली पनि फरक हुन्छ ।

अमेरिकामा नोभेम्बर ६ मा हुन लागेको निर्वाचनमा नेपाली मूलका ३ जना उम्मेदवार बनेका छन् । मेरिल्याण्डका चुनाव क्षेत्र संख्या ८ बाट हयारी भण्डारी, भर्जिनिया हरनडन शहरबाट प्रदीप ढकाल तथा न्यू ह्याम्पसायरबाट मदलसा गुरुङ रहेका छन् । व्यापक प्रचार प्रसारमा लागेका छन् र नेपाली संचार माध्यममा छाएका छन् ।

अहिले सम्मको इतिहास हेर्दा ज्यादा हल्ला गर्ने र अमेरिकन राजनीतिमा होमिने सबै उम्मेदवारहरु उप बिजेतामा चित्त बुझाउनु परेको इतिहास र अभिलेख छ । नेपाली समुदायमा छाएका छन् र सहयोग गरेका छन् । सबै भाग्यशाली बनेका छन् ।

यस पटक स्थिति फरक छ । हयारी भण्डारी डेमोक्र्याट दलको हाउस अफ डेलिगेटसमा (प्रतिनिधि सभा )सदस्यका उम्मेदवार हुन् । मैदानमा रिपब्लिकनका ३ र डेमोक्र्याटका ३ गरि ६ वटा उम्मेदवार छन् । ३ जनाले जित्नु पर्ने छ भने यस पटक ह्यारी भाग्यशाली रहेको बुझिन्छ । उनि पहिलो चुनावमा उप बिजेतामा चित्त बुझाउनु परेको थियो ।

प्रदीप ढकालको भर्जिनियाको हरनडन सहरको लागि नगर परिषद सदस्यका लागि उम्मेदवारी दिएका हुन् । उनि पनि प्रचार प्रसार गर्न भन्दा घर दैलो कार्यक्रम र मतदान माग्न हिड्ने कुरामा विश्वास गर्छन । केही समय अगाडी अमेरिकामा पहिलो पटक झाँकी प्रदर्शन सहित उनको प्रचार भयो । आफूले प्रचार प्रसार भन्दा पनि त्यो सहरमा बार्षिक रुपमा मनाइने समारोहमा सरिक हुँदा ठुलो होहल्ला भयो । ढकाल संचार माध्यममा छाए । नोभेम्बर ६ मा उनको फैसला हुनेछ ।

अमेरिकाको डिसी महानगर क्षेत्रको म्यारिल्याण्ड राज्यमा बसोबास गर्दै आएका किरण सिटौलाले ईतिहास लेख्दै मेरिल्याण्ड राज्यको इण्डियन हेड सिटीको नगर उप प्रमुखमा बिजयी भएका हुन् । अमेरिकी मुलधारको राजनीतिमा नेपाली मूलका ब्यक्ति सार्वजनिक पदमा सम्भवत निर्वाचित भएका सिटौला ज्वलन्त उदाहरण हुन् | पहिलो घटना हुन् गएको हो ।

किन उनि संचार माध्यममा छाउन चाहेनन् :

नगर उप प्रमुखका बिजेता किरण सिटौलाले यसो भनेका थिए ” म काममा विश्वास गर्ने र काम गरे पछि मात्र नाम चाहने व्यक्ति हु l र, काम नै नभै धेरै होहल्ला गर्ने आफ्नो सिद्धान्त नभएकोले म चुनावी प्रचार प्रसारमा पनि संचार माध्यममा आउन चाहिन l उनले बिगतमा अमेरिकामा नेपाली मुलका व्यक्तिहरु चुनावी मैदानमा आउनु अगाडी नै हल्ला चलाए तर परिणाम सुन्य भयो भन्दै त्यस्तो नहोस ,पहिले जितेर आए पछि मात्र संचार माध्यममा आउने प्रतिबद्ध भएकोले त्यस्तो गरेको बताएका थिए ।

यति सम्म कि उनले शिव रात्रिको अवसरमा नेपाली दुतावास वाशिंगटन डिसीले आयोजना गरेको सैनिक दिवसको कार्यक्रममा उनले आफु उम्मेदवार भएको जानकारी दिएका थिए तर प्रकाशित नगर्न आग्रह गरेका थिए l

उनको चुनावी खर्च कति भएको थियो :

सिटौलाले कसै संग हात थापेका थिएनन l अमेरिकामा चन्दा लिएर उम्मेदवार बन्ने चलन छ तर मैले त्यसो गरिन भनेका थिए l आफ्नी बगलीबाट निजि २ हजार डलर खर्च गरेर चुनाव जितेको बताएका थिए l चुनाबमा प्रचार प्रसार सामग्री आदिमा लागेको खर्च बताएका थिए ।

चुनाब कसरी जितेका थिए :

चन्दा संकलन गर्नु नपरेकोले मैले चुनाब जित्नुको मुख्य कारण घर दैलो अभियान गरेको बताएका थिए l उनले चुनाबी प्रचार प्रसार गर्ने क्रममा झन्डै १ हजार १ सय जति घर पुगेको बताएका थिए । सबैले यही नीति अपनाई रहेका छन् ।

मैले माथि हेर्नु हुन्न भन्दै सानो भएर ढोका ढकढकाउदै मत मागेर जितेको हु भनेका थिए l यसरी महिनौ महिना सम्म एक ढोकाबाट अर्को ढोका गएर धाएर जितेको हु भनेका थिए l यसो गरिएन भने चुनाबमा जित्न मुस्किन हुने ठानेर घर दैलो कार्यक्रमलाई प्राथमिकता दिएको सिटौलाले भनेका थिए ।

सिटौलाले हल्लाको राजनीति भन्दा कामको राजनीति गर्नु पर्छ भन्ने आफ्नो मान्यता रहेको बताएका थिए l

नेपाली मूलका मधुसुदन पन्थी :

यसै गरि अमेरीकाको डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको प्रसिद्ध शहर मनासस नजदिक रहेको हेमार्केट शहरको लागि नेपाली मूलका मधुसुदन पन्थी नगरपालिकाको लागि नगरपरिषद सदस्यमा निर्वाचित भै कार्यरत छन ।

मतदानमा नगर प्रमुखसहित ७ जना उम्मेदवारहरूमा पन्थी नगरपरिषद सदस्यमा निर्वाचित भएका हुन् । पन्थीले उक्त नगरमा ९ सय घर दैलो अभियानमा संलग्न भै मत मागेका थिए । सम्भवत यसरी नगर क्षेत्रको निर्वाचनमा निर्वाचित हुने टाउन अफ इन्डीएन हेडका निर्वाचित उपनगर प्रमुख किरण सिटौलापछि दोश्रा भएका छन् ।

टाउन अफ हे मार्केटको लागि पन्थी सहित जम्मा ७ जना योजना आयुक्तमा नियुक्त भएका मध्ये ६ जना अमेरिकन मुलका रहेका थिए ।

पन्थी को भनाई यस्तो हुन्थ्यो : म चुनावको नतिजा आए पछि मात्र खबर गर्छु । सम्पर्क गर्दा पनि सम्पर्कमा आउदैन थिए । उनि पनि घर दैलो अभियानमा ज्यादा जोड दिन्थे । कसैसंग हात थापेनन । पन्थी पनि नेपाली समुदायमा सहयोग र समर्थनको लागि लागेनन । पन्थी भन्थे हाम्रो मतदाता संख्या अत्यधिक कम छ । र त्यसले केही काम नगर्ने हुनाले जति सक्दो भेटघाटमा समय दिएका थिए । नेपाली संचार माध्यममा प्रचार प्रसारमा लागेनन ।

तर अब सामाजिक संजालको युग भएकोले प्रयोग गर्दा नराम्रो भन्ने पक्कै हुदैन । स्थानीय स्तर सम्म खर्च कम लाग्ने भएकोले सिनेट ,राज्य प्रतिनिधि ,प्रतिनिधि सभा जस्ता को उम्मेदवारीमा निकै चर्को खर्च लाग्ने हुन्छ । जे भएता पनि पन्थी तथा सिटौलाले नेपाली समुदायमा नाम लेखाउन सके त्यही ठुलो कुरा हुन्छ । नोभेम्बर ६ मा हुने निर्वाचनको लागि मैदानमा उत्रिएका ह्यारी भण्डारी ,प्रदिप ढकाल तथा मदलसा गुरुङको बिजयी होस् । हामी सबैले राम्रो खबर सुन्न पाईयोस ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया