चर्चित ग्ल्यामर्स फोटोग्राफर कुबेर तामाङ म्युजिक भिडियो मार्फत अभिनयमा आउदै

सुर्य चन्द २०७५ कार्तिक १२ गते १०:१९ मा प्रकाशित

काठमाडौँ : चर्चित ग्ल्यामर्स फोटोग्राफर कुबेर तामाङ म्युजिक भिडियो मार्फत आउने भएका छन् l गायक उर्गेन लामाको नया गित “फुलको माला उनेर” को नया म्युजिक भिडियो मार्फत चर्चित ग्ल्यामर्स फोटोग्राफर तथा फोटो जर्नालिस्ट कुबेर तामाङले भिडियोमा डेब्यु गरेका हुन् l उक्त म्युजिक भिडियोमा मोडल कुबेरलाइ नब मोडल ज्योति प्रसाइले साथ् दिएकी छिन l

भर्खरै मात्र काभ्रेको सुन्दर गाउ तेमालमा छायांकन सम्पन्न भएको म्युजिक भिडियो चाडैनै बजारमा आउने भएको छ l शब्द संगीत तथा स्वर गायक उर्गेन लामाको नै रहेको यस म्युजिक भिडियोलाइ गायक आफैले निर्देशन गरेका छन् भने छायाँकार ह्यारी महर्जनले छायांकन गरेका छन् l

प्रतिक्रिया