मलेसियाका मन्त्री पशुपतिमा
काठमाडौँ, कात्तिक १२ गते । नेपाल भ्रमणमा रहनुभएका मलेसियाका मानव संसाधनमन्त्री एम कुलाशेगरानले आज बिहान पशुपतिनाथको दर्शन गर्नुभएको छ ।
करीब दुई घण्टा पाशुपत क्षेत्रमा रहनुभएका उहाँले पशुपति नाथको मूल मन्दिर, १५ शिवालय, गोरखनाथलगायत विभिन्न मठमन्दिरको अवलोकन गर्नुभएको थियो ।
मन्त्री कुलाशेगरानलाई पशुपति विकास क्षेत्र कोषका कार्यकारी निर्देशक रमेश उप्रेती र सदस्यसचिव प्रदीप ढकालले अवलोकन गराउनुभएको थियो । सो अवसरमा कोषले धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग गर्न मलेसियाका मन्त्रीसँग आग्रह गरेको थियो ।
सो क्रममा आफूले १० वर्ष अघि नौ दिन नेपाल भ्रमण गरेको स्मरण गर्दै मन्त्री कुलाशेगरानले मलेसियाका हिन्दू धर्मावलम्बीलाई नेपाल भ्रमणका लागि आह्वान गर्ने बताउनुभएको कार्यकारी निर्देशक उप्रेतीले जानकारी दिनुभयो । मन्त्री कुलाशेगरान नेपाल भ्रमणका लागि आइतबार राति काठमाडौँ आउनुभएको हो ।रासस
सुनिल शाहले नागरिकता विद्येयक फिर्ता सम्बन्धमा सकारात्मक रहन सम्पूर्ण गैर आवासिय नेपालीलाइ आग्रह
अमेरिकी संसद बिद्रोह पछि ट्रम्पको कट्टर बिरोधि रिपब्लिकनकी अमेरिकी सांसद लिज चेनीलाई ट्रम्पले प्राथमिक निर्वाचनमा हराए
अमेरिकी सेनाले क्यालिफोर्नियाबाट निशस्त्र अन्तरमहादेशीय प्रक्षेपिक क्षेप्यास्त्र परीक्षण
अमेरिकी प्रथम महिला जिल बाइडेन कोरोना संक्रमित ,हल्का लक्षणहरू
बाइडेनद्वारा स्वास्थ्य,जलवायु र कर बिधेयकमा हस्ताक्षर , उनको कार्यसूचीको ऐतिहासिक जीत
प्रतिक्रिया