आइतबार, माघ ९ २०७८
काठमाडौं ०४:४४
वासिङटन डिसी 17:59

एएनएचएसको देउसी भैलो मनाससमा नोभेम्बर ४ मा (निमन्त्रणा सहित )

विजय थापा २०७५ कार्तिक १२ गते ०:५९ मा प्रकाशित

डिसी । अमेरिका नेपाल सहयोगी समाज(एएनएचएस ) ले बिगत बर्ष झैँ यस बर्षको तिहारमा देउसी भैलो खेल्ने भएको छ । आगामी नोभेम्बर ४ का दिन देउसी भैलो कार्यक्रम गर्ने भएको छ ।

डीसी महानगर क्षेत्रमा यमपञ्चक सुरु हुन अगाडी नै देउसी भैलो सुरु हुने भएको छ l गत बर्ष अमेरिका नेपाल सहयोगी समाजले एकै थलोमा भेला गराई देउसी भैलो खेलेको थियो l यसलाई निरन्तरता दिने बताएको छ ।

यसको साथै विभिन्न सांस्कृतिक कार्यक्रमको लागि अमेरिकामा जन्मेका बालबालिकाहरुलाई आफ्नो चाड पर्व परम्परा आदिको बारेमा ज्ञान होस् भन्ने हेतुले कार्यक्रम गर्ने तयारीमा रहेको संरक्षक मधु पन्थीले ईनेप्लिजलाई बताए ।

यो चाड कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म पाँच दिन मनाइन्छ। हिन्दू धर्मावलम्वीले दीपावलीको रुपमा यस पर्वलाई धूमधाम सित मनाउँछन् ।

भैली अनि देउसी : देव श्री रामबाट विकृत हुँदै देउसिरी राम, देउसिरे, देउसी भएको अनुमान गरिन्छ सोही परम्परालाई मान्दै आजपनि नेपालीहरु देउसी खेल्दै हिंड्ने चलन छ। देउसी खेल्ने टोलीलाई देउसे भनिन्छ र उनीहरुमा एउटा भट्याउने र अरु भट्याउनेको पछि-पछि देउसिरे भन्ने हुन्छन्।

हार्दिक निमन्त्रणा !

सधैका वर्षहरूमा जस्तै यस वर्ष पनि अमेरिका नेपाल सहयोगी समाजले २०१८ सालको देउसी-भैलो खेल्ने कार्यक्रम Best Western Battlefield Inn मा आउदो नोभेम्बर महिनाको ४ तारिख, आइतबार साँझ ५ देखि ९ बजे राती सम्म खेलिने भएकोले सम्पूर्ण सदस्यहरु तथा शुभेच्छुकहरुलाई निमन्त्रणा गर्दछौँ |

Address:
10820 Balls Ford Rd,

Manassas, VA 20109

Date: November 4th, 2018

Time: 5.00PM – 9.00 PM

कृपया सम्पूर्ण सदस्यहरुले आफ्ना परिवार र साथी भाइलाई समेत आमंत्रण गर्नु हुन अनुरोध पनि गर्दछौ ! धन्यवाद !!

अमेरिका नेपाल सहयोगी समाज् परिवार

प्रतिक्रिया