सोमबार, असोज ११ २०७८
काठमाडौं ०४:३०
वासिङटन डिसी 18:45

बाल्टिमोर नि:शुल्क स्वास्थ शिविर यसरी सम्पन्न

विजय थापा २०७५ कार्तिक १२ गते ०:११ मा प्रकाशित

 

बाल्टिमोर । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा सम्पन्न नि:शुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । बाल्टिमोर सेरोफेरोका १६ वटा संघ/सँस्थाद्वारा सयुक्त रुपमा आयोजना गरिएको उक्त नि:शुल्क स्वास्थ शिविरमा त्यस भेकका नेपाली समुदायले लाभ उठाएका छन् ।

आज सम्पन्न उक्त शिविर दि मेरिल्याण्ड स्कुल अफ ब्लाइन्डकाे प्रांगणमा भएको थियो । लायन्स क्लव अफ बाल्टिमाेर नेप्लिजको विशेष पहलमा एकदिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको हो ।

उक्त निशुल्क स्वास्थ्य शिविरमा नेपाली चिकित्सकहरु लगायत अन्य परीक्षण बिदेशी चिकित्सकहरुले पनि सेवा गरेका थिए । उक्त शिविरमा नेपालका चिकित्सकले दिएका ओखति सेवन गरि रहेका र हाल अमेरिकाको भ्रमणमा रहेकाको पनि निशुल्क जांच तथा परीक्षण गरिएको थियो ।

साथै अमेरिकामा रहेका तथा बिमा नभएका समेतले लाभ उठाएका छन् । आज सेवा लिन आएकाहरुले आँखाको समेत परीक्षण गराएका थिए । साथै बाल रोग बिशेषज्ञ लगायत अन्य बिषयमा बिज्ञ हासिल गरेका नेपाली तथा विदशी चिकित्सकहरुले सेवा प्रदान गरेका थिए ।

उक्त शिविरमा कसरी स्वास्थ्य बन्ने ,सक्रिय जीवन यापन कसरी गर्ने आदी ईत्यादीको बारेमा प्रस्तुति गरिएको थियो ।

साथै नेपाली चिकित्सकहरुको समूहका चिकित्सकहरु क्रमस बिशाल भण्डारी ,डिल्ली राम पौडेल ,सरगम महत( फर्मा डि )रोशन लाल श्रेष्ठ तथा जगत बन्धु महतले स्वास्थ्य सम्बन्धि बिबिध क्षेत्रलाई समेट्दै समुदायलाई शिक्षाप्रद तथा ज्ञानबर्धक कुराहरुका बारेमा जानकारी गराएका थिए ।

साथै स्वास्थ्य सम्बन्धि के गर्नु हुने के गर्न नहुने र कसरी आफू स्वास्थ्य हुने बारेमा सल्लाह सुझाव दिएका थिए । सहभागीहरुले जिज्ञाशा समेत राखेका थिए । स्वास्थ्य शिविरमा बाल रोग विशेषज्ञ भवी राईले सेवा पुर्याएका थिए भने रक्त संचार सम्बन्धि चिकित्सक रोशन लाल श्रेष्ठले प्रस्तुत गरेका थिए ।

यसै गरि स्वास्थ्य परीक्षक ( हेल्थ कोच)मा शान्ती श्रेष्ठ तथा केली ट्याङ्ग ले पनि यस सम्बन्धि सेवा प्रदान गरेका थिए भने केली ट्याङ्गले कसरी स्वास्थ्य बन्ने ,सक्रिय जीवन यापन कसरी गर्ने बिषयमा प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा लायन्स क्लव अफ बाल्टिमाेर नेप्लिजका सभापति बैकुण्ठ मान श्रेष्ठ तथा विजय श्रेष्ठले बोल्नु भएको थियो ।

प्रतिक्रिया