अमेरिकाको नागरिकता लिन आवेदनपत्र दिएको समयबाट २ बर्ष सम्म लाग्ने अवस्था ?

इनेप्लिज २०७५ कार्तिक ११ गते २२:३७ मा प्रकाशित

केही बर्ष अगाडी सम्म अमेरिकाको नागरिकता लिन चाहनेले आवेदन पत्र भरेको ६ महिना भित्र आप्रवासीहरुले अमेरिकन नागरिकता प्राप्त गर्थे । अहिले ७ लाख आप्रवासीहरु अमेरिकन नागरिक बन्न प्रतिक्षारत छन् । ६ महिना भित्र अमेरिकन नागरिक बन्ने समय हाल आएर तन्किएर २ बर्ष सम्म लाग्ने भएको छ ।

बिलम्ब हुनुको कारण कतै ट्रम्प विरोधी मतदाताहरूलाई आगामी नोभेम्बर ६ तारिखमा हुदै गरेको निर्वाचनलाई ध्यानमा राख्दै मतदानमा मतदान गर्न नदिने उद्देश्यले त गरिएको हैन भन्ने तर्क आप्रवासी सम्बन्धमा वकालत गर्ने हिमायतीहरुको रहेको संचार माध्यममा लेख प्रकाशित भएको छ ।

सन् २०१६ मा अमेरिकन नागरिकता लिन आप्रवासीहरुको अभिलाषा वृद्धि भएको थियो । राष्ट्रपति ट्रम्प निर्वाचित हुनु १ बर्ष अगाडी आप्रवासीलाई कडा कानुन ल्याउने चुनावी घोषणा र प्रतिबद्धता गरे पछि २७ प्रतिसतले नागरिकताको आवेदन पत्र दिएका थिए ।

अमेरिकन नागरिकता लिन ईच्छुकको लागि आवेदन दिनेहरुको लागि निर्णय गर्ने औसत समय १० महिना भन्दा बढी लागि रहेको छ । हाल एट्लान्टामा २२ महिना तथा टेक्ससमा २६ महिना सम्म लागि रहेको अवस्था छ ।

तर अमेरिकन नागरिकता तथा आप्रवासी सेवा ( युएस सिटीजनशीप एण्ड इमिग्रेसन सर्विस )का अनुसार ज्यादै आवेदन पत्र प्राप्त भएकोले प्रकृयामा ढिला हुन् गएको बताएका छन् । गत बर्ष सन् २०१७ मा ८ लाख ५० हजारलाई नागरिकता दिने निर्णय गरेका थिए भने जुन सन् २०१६ को तुलनामा ८ प्रतिसतले वृद्धि भएको जनाएका छन् ।

अमेरिकन नागरिक बन्नको लागि आप्रवासिहरूले कम्तिमा तीन वर्ष सम्म स्थाई आवासीय पत्र (हरियो पत्र ) प्राप्त गरेको हुनु पर्छ,राम्रो नैतिक चरित्र देखाउनु पर्छ साथै अंग्रेजी र नागरिकको लिखित तथा मौखिक परीक्षणहरू उत्रीण हुनु पर्छ ।

हालसालै आप्रवासी सम्बन्धमा काम गरि रहेका अधिवक्ताहरुले लस एन्जिलसमा नागरिकताको लागि आवेदन पत्र बिलम्ब भएकोले ट्रम्प प्रशासनको अभिलेख (रेकर्ड)को माग गर्दै मुद्धा दायर गरेका थिए । यसै गरि मायामी तथा न्यू योर्कमा उक्त प्रक्रिया गर्ने समय २१ महिना लाग्ने देखिएकोले उपायको खोजि भै रहेको लेख एसोसीएट प्रेस(एपी )द्वारा लेखिएको लेख थुप्रै संचार माध्यममा प्रकाशित भएका छन् ।

प्रतिक्रिया