गोस्वामीको ‘कोसिस २’ प्रिमियर सम्पन्न

इनेप्लिज २०७५ कार्तिक ११ गते ११:२९ मा प्रकाशित

विगत १० वर्षदेखि अष्ट्रेलियामा रहेर संगीतकर्म गर्दै आएका राज के गोस्वामीको दोस्रो एल्बम ‘कोसिस २’को प्रिमियर सम्पन्न भएको छ। शुक्रबार अष्ट्रेलियाको सिड्नीमा रहेको इन्द्रेणी फङ्सन सेन्टरमा एक कार्यक्रमको आयोजना गर्दै प्रिमियर सम्पन्न गरिएको हो।

एल्बमको प्रिमियरमा अष्ट्रेलियामा बस्दै आएका विशिष्ट नेपाली व्यक्तिहरुको उपस्थिति रहेको थियो। उपस्थित प्राय: सम्पूर्णले गीतलाई एकदमै राम्रो प्रतिकृया दिएको गायक गोस्वामीले बताए। उनले भने, ‘त्यहाँ आउनु भएका धेरैले राम्रो प्रतिकृया दिनुभयो। उहाँहरुको प्रतिकृयाले मलाई निकै उत्साहित बनाएको छ।’ प्रिमियर कार्यक्रममा गायक गोस्वामीले लाइभ प्रस्तुति पनि दिएका थिए।

गोस्वामीको एल्बम ‘कोसिस २’मा १० वटा गीत समावेश छन्। यस एल्बममा समावेश ‘साइली र माइली’ सार्वजनिक भइसकेको छ। उक्त गीतलाई युट्युमा धेरै रुचाइएको छ।

प्रतिक्रिया