संसारलाई चकित पार्ने विश्वकै लामो समुन्द्री पुल, जहाँ नेपालीको रगत र पसिना मिसिएको छ…!

इनेप्लिज २०७५ कार्तिक ११ गते ११:२० मा प्रकाशित

हङकङ, मकाउ र जुहाई जोड्ने ५५ किलोमिटरको विश्वकै लामो समुद्री पुललाई चिनियाँ राष्ट्रपति शी जिनपिंगले गत मंगलवार उद्घाटन गरेपछि विश्वभर यसले चर्चा पाएको छ। चर्चामात्र होइन चीनको यो लोभलाग्दो प्रगति देखेर इर्ष्या गर्ने पश्चिमाहरु र चिनीयाँ सरकार बिरोधीहरुले यो मेघा प्रोजेक्टको निकै आलोचनासमेत गरेका छन्।

यो मेघा ब्रिज बनाउन नेपालीहरुको धेरै ठूलो योगदान रहेको छ। समुद्रमुनिबाट जग खनेर पिलर उठाउनेदेखि प्रोजेक्ट निर्माणको अन्तिम समयसम्म नेपालीको रगत र पसीना बगेको छ। यो प्रोजेक्ट सम्पन्न गर्न झण्डै ५ हजार नेपालीले रगत र पसीना मात्र बगाएको छैन। एक जना नेपाली युवक अरनोल, (अनिल) गुरुङले आफ्नो ज्यानै गुमाए। कति घाइते भए। केही अंगभंगसमेत भए। थप जानाकारी भिडियोमा

प्रतिक्रिया