शुक्रबार, भदौ ३ २०७९
काठमाडौं २२:३७
वासिङटन डिसी 12:52

पावरबल चिट्ठा न्यू योर्क तथा आयोवाका भाग्यशालीलाई ७ सय ५० मिलियन डलर

इनेप्लिज २०७५ कार्तिक ११ गते १०:५३ मा प्रकाशित

अमेरिकाका ईतिहास मै सर्बाधिक चौथो ठूलो पावरबल चिट्ठा न्यू योर्क र आयोवाका भाग्यशालीलाई ७ सय ५० मिलियन डलरको चिट्ठा एकसाथ परेको जनाएको छ । चिट्ठा अधिकारिक् रुपमा दुई जनालाई परेको संचार माध्यमहरुले लेखेका छन् ।

गत राती अक्टोबर २७ तारिख शनिबारका दिन उक्त चिट्ठा खुलेको हो । दुई भाग्यशालीहरुका अंक ८,१२,१३,१९ २७ र पावर बल ४ रहेको सार्बजनिक गरेको छ ।

केवल ४ दिन अगाडी मात्र बिश्व कै सर्बाधिक ठूलो धन राशि १.६ बिलियन(खर्ब डलर) को चिट्ठा साउथ क्यारोलाइनाका भाग्यशालीलाई परेको थियो । पावर बल चिट्ठा पनि वाशिंगटन डीसी तथा भर्जिन आइल्याण्ड ,पुर्टोरिको लगायत ४४ राज्यमा खेलिन्छ ।

चिट्ठा अधिकारीका अनुसार मध्य आयोवा तथा न्यूयोर्क को वेस्ट हार्लेम डेलीका भाग्यशालीलाई परेको जनाएको छ ।

प्रतिक्रिया