धेरैले गाली गर्नु भाको थियो दोश्रो बुढी भएर खुमन अधिकारी संग बिहे गर्ने भनेर : सुशिला गौतम (हेर्नुहोस भिडियो)

इनेप्लिज २०७५ कार्तिक ११ गते १:५४ मा प्रकाशित

स्कटनेपाल युके,

प्रकृतिको बरदानलाइ कसैले रोक्न सक्दैन एक दिन आखिर हरेक चेलीले माइती घर छाडेर जानै पर्छ ढिलो चाँडो भन्ने मात्रै हो । यस्तै भएको छ गायिका सुशिला गौतमलाइ । चर्चित गायक खुमन अधिकारी संग सुशीलाले आफ्नो बैबाहिक यात्रा तए गरेकी छिन तर यी सब पछिल्लो पटक बजारमा आएको पन्चेबाजा गीत “माइतीको माया” मा मात्रै सिमित छ ।

चर्चित गायक खुमन अधिकारी र सुशिला गौतमको सुमधुर आवाज रहेको गीतमा लय सुशिला गौतमको रहेको छ भने शब्द चर्चित सर्जक शिब हमालको रहेको छ
यस भन्दा अगाडी “बसायो बामारी हरर”बाट लाखौको मन जितेकी सुशीलाले यस गीतबाट पनि अरुको मन नाजित्नेमा कुनै दुबिदा छैन । गीतमा अभिनय चर्चित मोडल महेन्द्र गौतम ,रिना ,सुशिला गौतम ,खुमन अधिकारी आदिले गरेका छन । बिक्रम चौहानको निर्देशन र बासु बरालको छायांकनमा तयार पारिएको म्यूजिक भिडियोलाइ बि स्टार फ्लिम्सले निर्माण गरेको छ । मिलन बिकको सम्पादनमा तयार भिडियोलाइ सुशिला गौतमकै युटुब च्यानल मार्फत सार्बजानिक गरिएको छ ।

सुशिला गौतम अहिले आफ्नो सागीतिक यात्रा तय गर्दै बेलायत आइ पुगेकी छन् र यसै सन्दर्भमा स्कटनेपाल अनलाइन टिभी संग सानो र मिठो अन्तरबार्ता बेलायतमा समावेश यो भिडियो पनि हेर्नुहोस ।

प्रतिक्रिया