आइतबार, माघ ९ २०७८
काठमाडौं ०९:२१
वासिङटन डिसी 22:36

सर्वाधिक ५९ विधामा एपिक म्युजिक अवार्ड हुने

इनेप्लिज २०७५ कार्तिक १० गते ११:२० मा प्रकाशित

एपिक नेपाल म्युजिक प्रालीको आयोजनामा नेपालमा सर्वाधिक विधामा अवार्डको आयोजना गरिने भएको छ । ५९ विधामा आयोजना गरिने कार्यक्रममा नव कलाकार एवम पुराना पुराना हरुलाई सम्मान गरिने आयोजना गरिने कार्यक्रम निर्देशक राजेन्द्र पुरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार लोकदोहोरी तर्फ २१ , पप तर्फ १५ , दशैँ गीतमा १६ र आधुनिक तर्फ १७ गरि कुल ५९ विधालाई समावेश गरिने भएको हो । ०७४ भदौँ मसान्त देखी ०७५ भदौँ मसान्त सम्म बजारमा आएको गीत लाई प्रतियोगीतामा समावेश गरिने उहाँले बताउनुभयो ।

भदौँ १५ गते बाट आवेदन खुल्ला गरिएको आवेदन फारम कात्र्तिक १५ गते सम्म बुझाउने ब्यावस्था गरिएको छ । यसैगरि फारम एपिक नेपालको कार्यलय अनामनगरबाट प्राप्त गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया