कानूनी सर्वोच्चतामा जोड : डा महत

इनेप्लिज २०७५ कार्तिक १० गते ९:४६ मा प्रकाशित

पर्सा, १० कात्तिक : नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले कानूनको सर्वोच्चता र लगानी सुरक्षित हुने वातावरण भए मात्र विदेशी लगानी नेपाल भित्र्याउन सकिने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन पर्सा शाखाले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा सहमहामन्त्री महतले मुलुकमा कानूनी शासनको अनुभूति हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले आ–आफनो क्षेत्र अधिकारभित्र रहेर कार्य गरे मात्र सङ्घीयता सफल र संविधान कार्यान्वयन हुने धारणा व्यक्त गर्नुभयो ।
सह–महामन्त्री डा महतले मधेसी जनताको भावनालाई क्षेत्रीय दलहरुले (मधेस केन्द्रित पार्टी) सत्ता सुखसँग साटेको आरोप लगाउनुभयो । मधेसी जनताको अधिकारको नाममा आन्दोलन गर्ने मधेसीको मागलाई संविधान संशोधनमार्फत सम्बोधन गर्न नचाहने दलसँग सत्ता साझेदार गरी मधेशीको भावनासँग खेलवाड गरेको उहाँले आरोप लगाउनुभयो ।

प्रतिक्रिया