भर्जिनियामा स्वर्गिय चक्र बास्तोलालाई पूर्व अर्थ मन्त्रि डा महत सहितले यसरी श्रद्धान्जली अर्पण गरे

इनेप्लिज २०७५ कार्तिक ९ गते २३:३७ मा प्रकाशित

अमेरिकाको भ्रमणमा रहनु भएका पूर्व अर्थ मन्त्रि डा रामशरण महत लगायतले भर्जिनियामा आयोजना गरिएको स्वर्गीय चक्र बास्तोला श्रद्धान्जली सभामा श्रद्धान्जली अर्पण गरिएको छ ।

नेपाली कांग्रेसका नेता एबम पूर्व मन्त्री चक्र प्रसाद बास्तोलाको हालै भएको निधनमा दु:ख ब्यक्त गर्दै स्वर्गिय नेता प्रति श्रद्धान्जली ब्यक्त गर्न नेपाली कांग्रेसको भात्री संगठन नेपाली जनसंपर्क समिती अमेरिका भर्जिनिया च्याप्टर द्वारा गत अक्टोबर २५ का दिन श्रद्धान्जली सभाको आयोजना गरियो।

नेपाली कांग्रेसका नेताहरु पूर्वमन्त्री डा राम शरण महत प्रमुख अतिथी तथा रेवति प्रशाद भुषाल बिशेष अतिथी रहनु भएको सो कार्यक्रममा स्वर्गिय बास्तोला को ब्यक्तित्व र नेपालको प्रजातान्त्रिक आन्दोलनमा उहाँको योगदान र अहम भूमिकाको बारेमा बिभिन्न महानुभावहरुले चर्चा गर्नु भएको थियो ।

स्वर्गिय चक्र बास्तोला सँग ५० बर्ष अघी आफ्नो भेट भएको र उहाँ सँग पार्टी संगठन तथा सरकारमा रहदा गरिएका कार्यहरुको स्मरण गर्दै प्रमुख अतिथी डा राम शरण महतले नेपाली कांग्रेसले एक कर्मठ निर्भिक र बुद्धिजिवी कार्यकर्ता गुमाएको छ भन्नु भयो ।

उक्त कार्यक्रममा उपस्थित सहभागीहरुबाट नेपालको वर्तमान अवस्था,नेपाली कांग्रेसको भूमिका तथा नेका को आन्तरिक संगठन सुधार र ब्यबस्थापनको बारेमा उठाइएका प्रश्न र जिज्ञासाहरुको बारेमा डा महतले प्रकाश पार्नु भएको थियो । कांग्रेसको बिधान संशोधन,महासमिती बैठक र चालु केन्द्रिय समिती बैठकमा छलफल भैरहेका बिषयहरुको बारेमा पनि प्रकाश पार्दै उहाले नेपाली जनसंपर्क समितीको गठन हुँदाको अवस्थाको बारेमा पनि जानकारी गराउनु भएको थियो ।

नेपाली कांग्रेस सदैब गैह्र आवासिय नेपालीको हक अधिकारको पक्षमा रहेको छ भन्नु हुँदै उहाले नेपालको बिकासमा एनआरएनए को महत्वपूर्ण भूमिका रहेको छ भन्नु भयो ।

अर्का नेता रेवति प्रशाद भुषालले पनि स्वर्गिय चक्र बास्तोला एक निर्भिक र बुद्धिजिवी ब्यक्तित्व हुनुहुन्थ्यो भन्दै उहाप्रती श्रद्धान्जली ब्यक्त गर्नुभयो । साथै उहाले नेपाली कांग्रेसले आफ्नो संगठनलाई सुद्रिढ र ब्यबस्थित गर्न आबस्यक रहेको बताउनुभयो ।

सो कार्यक्रममा नेजसस अमेरिकाका उप सभापति केशव बराल,एनआरएन भर्जिनियाका सभापति गोबिन्द सुबेदी,एनआरएन सल्लह्कार अर्जुन सिग्देल,वरीष्ठ साहित्यकार हरि अधिकारी,दधी ढुंगाना,सादगी कृष्ण भण्डारी,मुक्तीनाथ पन्त,भरत रेग्मी,तोया पौडेल,भरत बाराइली,सुरेश अधिकारी,डा श्याम थापा,राम मिश्र,यम कोइराला,सन्चार कर्मी विश्वराज थापा लगायतले स्व.चक्र स्वर्गिय बास्तोलाको ब्यक्तित्व र प्रजातान्त्रिक आन्दोलनमा भएको उहाको योगदानको बारेमा चर्चा गर्नु हुँदै नेता एबम पूर्व मन्त्री महतसँग अन्तर्कृया गर्नु भएको थियो ।

कार्यक्रमको सभापतित्व गर्दै नेपाली जनसंपर्क समिती भर्जिनियाका सभापति राम शरण हुमागाइले स्वर्गिय बास्तोलाको ब्यक्तित्व र प्रजातान्त्रिक आन्दोलनमा भएको उहाको योगदानको बारेमा चर्चा गर्नु हुँदै श्रद्धान्जली ब्यक्त गर्नु भएको थियो। कार्यक्रमको सन्चालन डा देश राज संयोकले गर्नु भएको थियो ।

तस्बिर :देश राज संयोक

प्रतिक्रिया