युरोपियन युनियनसमक्ष परिणाममुखी दिगो हरित महानगर बनाउने मेयर शाक्यको अडान

इनेप्लिज २०७५ कार्तिक ९ गते २१:४१ मा प्रकाशित

 


काठमाडौं। काठमाडौं महानगरको विकासमा धेरै परियोजना भन्दा परिणाममुखी अनि दिगो परियोजना आवश्यक भएको छ। त्यसको लागि ठोस रुपमा युरोपियन युनियन लगायतका विदेशी संघ–संस्थासंग काठमाडौं महानगरपालिका सहकार्य गर्न तयार भएको खुलासा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गरेका छन्। मेयर शाक्यले युरोपियन युनियनको स्वीचएशिया सस्टेनेवल कन्जम्सन एण्ड प्रोडक्सन फ्यासिलिटी परियोजनाका टिम लिडर अरब होबल्लाह र दक्षिण एशिया विशेषज्ञ पूजा साहनीसँगको भेटमा उक्त खुलासा गरेका हुन्।

युरोपियन युनियनका होबल्लाह र साहनीले मेयर शाक्यलाई काठमाडौं महानगरको विकासमा फोहर मैला, पूर्नरनिर्माण, भवन निर्माण आचार संहिता लगायतका समस्या रहेको र त्यसमा युनियन सहकार्य गर्न तयार भएको बताएका थिए। मेयर शाक्यले भने, काठमाडौं महानगरलाई हरित महानगरको रुपमा दिगो रुपमा विकास गर्न आफूले खोजेको र त्यसका लागि धेरै परियोजना भन्दा दिगो रुपमा परिणामुखी हरित योजना खोजेको कुरामा अडान राखे।

त्यसका लागि विद्यालयवाटै त्यस परियोजना गर्न र गराउन आफू तयार भएको मेयर शाक्यले बताएका छन्। मेयर शाक्यका अनुसार, विद्यालयवाटै विद्यार्थीहरुलाई विद्यालय, घर–परिवार अनि टोल–टोललाई हरियाली बनाएर सर–सफाई गर्ने र गराउने व्यावहारिक परिणाममुखी कार्य सिक्न र सिकाउन काठमाडौं महानगरपालिकाले खोजेको हो। पहिलो चरणको रुपमा काठमाडौं महानगरका सामुदायिक सरकारी स्कुलहरुवाट यस परियोजना शुरु गरिने भएको छ। र पछि प्राइभेट स्कुलहरुमा पनि शुरुवात गर्ने सोच राखेको छ।

यसवाट विद्यालयवाटै विद्यार्थीहरुले बाताबरणिय हरियाली कायम गर्ने तथा सरसफाईको बारेमा सिक्ने अनि फोहरलाई सही व्यवस्थापन गर्ने तौर–तरीका सिक्न पाउने छ। तिनै विद्यार्थीहरुवाट विद्यालय, घर–परिवार अनि टोल–समाजलाई हरियाली बनाउन तथा फोहर मुक्त बनाउन दिर्घकालिन मदत मिल्ने जिकिर मेयर शाक्यको रहेको छ। क्षणिक समाधान भन्दा दीर्घकालिन समाधानका परियोजनामा युरोपियन युनियनलाई सहकार्य गर्न मेयर शाक्यले आग्रह पनि गरेका छन्। मेयर शाक्यको यो अवधारणा र चाहनालाई युरोपियन युनियन सकारात्मक देखिएको छ। यस कुराहरुमा आफूहरुले विचार गर्ने जानकारी पनि होबल्लाह र साहनीले भनेका छन्।

प्रतिक्रिया