बिहीबार, साउन २६ २०७९
काठमाडौं ०६:३९
वासिङटन डिसी 20:54

नर्थ क्यारोलिनामा रविन शर्मा साँझ हुदै

इनेप्लिज २०७५ कार्तिक ९ गते २१:२७ मा प्रकाशित

शिव विष्ट, नर्थ क्यारोलिना

अक्टोबर २६,२०१८

शुभ दिपावलीको  अवसर पारेर आगामी नोभेम्बर ३ ,शनिबारका दिन नर्थ क्यारोलिनाको हाईपोइन्टमा  सरगमको तेस्रो संस्करणको तिहार सांगीतिक धमाका ” आयोजना हुँदैछ। टि.एन.सी .सी.अन्तर्गतको सरगम समुहको बिशेष आयोजनामा  हरेक महिना हुदै आइरहेको सांगीतिक कार्यक्रममा यस पटक नेपाली सुगम संगीतका चर्चित गाएक रविन शर्माले आफ्ना चर्चित गीतहरु द्वारा मनोरंजन प्रदान गराउने भएका छन् । नेपाली सांगेतिक क्षेत्रमा सयौ सदाबहार गीतहरु प्रस्तुत गरि सक्नु भएका शर्माका ” फूल झरे पनि काँडा झर्दैन ,,,,”, तिमि यसै लजायौ ……”, रिसाईदेउ विन्ती …”, आफैलाई भार भयो आज आफ्नै जीन्दगी,,,”,कुन मन्दिरमा जान्छौ यात्री …..” लगाएतका  दर्जनौं गीतहरु दर्शक तथा स्रोतामाझ लोकप्रिय छन्।

आयोजकद्वारा प्राप्त  जानकारी अनुसार कार्यक्रमको तयारी र प्रचार प्रशार अन्तिम चरणमा पुगेको र समस्त  नेपाली संगीतप्रेमी दर्शकहरुको सहभागी रहने विश्वास गरिएको  छ ।सो ‘तिहार सांगीतिक धमाका –२०१८’ मा स्थानीय कलाकारहरुको समेत  प्रस्तुति रहने कुरा आयोजकले बताएका छन् ।

ट्रायड नेपाली समुदायमाझ अत्यन्त लोकप्रिय  हुदै आइ रहेको “सरगम सांगीतिक यात्रा ” यसपटक अझ बढी आकर्षक हुने बताइएको छ। कार्यक्रम स्थानिय समय अनुसार साँझ  ५  बजेदेखि राती १२  बजेसम्म सञ्चालन हुनेछ।साथै  रात्री खानाको  समेत व्यवस्था गरिएको सो कार्यक्रममा प्रवेश शुल्क १५ डलर  र  ६ देखि १२ बर्ष सम्मका बालबालिकाको लागि ५ डलर तोकिएको  छ। कार्यक्रमलाई सफल पार्न टि .एन .सी .सी. कार्यकारी समिति परिवार लगाएत सरगम समुहका सदस्यहरु लागि परेका छन् ।

प्रतिक्रिया