सत्तारुढ नेकपाको नामले बल्ल पायो वैधानिकता

इनेप्लिज २०७५ कार्तिक ९ गते १३:२५ मा प्रकाशित

काठमाडौं, ९ कात्तिक । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामले वैधानिकता पाएको छ ।

निर्वाचन आयोगले नेकपाको नाम कायम रहने निर्णय गरेसँगै नेकपा निर्वाचन आयोगमा वैधानिक भएको हो । शुक्रबार बसेको निर्वाचन आयोगको बैठकले नेकपाको नामसम्बन्धी विवाद हटाउँदै नेकपा कायम राख्ने निर्णय गरेको छ ।

एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा( राखेपछि ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विरोध गर्दै निर्वाचन आयोगमा निवेदन दिएको थियो ।

प्रतिक्रिया