गायक खुमन अधिकारीको तिहारको भौलो गीत ‘अहिलेको साल’ गीतको भिडियो बजारमा

इनेप्लिज २०७५ कार्तिक ९ गते ११:३१ मा प्रकाशित
रोशन पोखरेल , काठमाडौँ, कात्र्तिक ९ – चर्चित गायिका टिका पुन र गायक खुमन अधिकारीको तिहारको भौलो गीत ‘अहिलेको साल’ गीतको भिडियो बजारमा आएको छ ।
म्युजिक बैंक नेपालले बजारमा ल्याएको भिडियोलाई अधिक रुपमा दर्शक तथा स्रोताले मन पराएको गायिका टिका पुनले बताईन । गीतमा तिहारमा हुने उत्साह र उमङगलाई समेटिएको छ । लाल विर बुढा मगरको शब्द तथा मौलिक लय सिर्जनामा गीत तयार गरिएको छ । गीतमा कृष्ण पुनको एरेन्ज रहेको छ । सुरेश श्रेष्ठको छायाँकन , नविन घर्ति मगरको सम्पादन  तथा भागीरथा गाहा मगरको निर्देशन रहेको छ । ‘अहिलेको साल’  गीतमा हेमन्त बुढाथोकी , चाहना राना मगर , याम राना मगर र अमृता मगरको नित्य तथा अभिनय रहेको छ ।

प्रतिक्रिया