थापाद्वारा वृद्ध÷वृद्धा र बालबालिकालाई लताकपडा र खानपानको व्यवस्था

सुरेस कोईराला २०७५ कार्तिक ९ गते ११:२५ मा प्रकाशित

सफल राजनीतिज्ञ तथा वरिष्ठ समाजसेवी प्रभु थापाले चितवन मानव आश्रम र मञ्जुश्री असाहय संरक्षण केन्द्रलाई सहयोग गरेका छन् । वडा दसैंको पावन अवसरमा महाअष्टमीका दिन उनले आश्रमका वृद्ध÷वृद्धा तथा  केन्द्रका असाहय बालबालिकालाई लताकपडा र खानाको व्यवस्था गरेका हुन् । सोही अवसरमा थापाले लमजुङको कोइरालाफाँट युवा क्लबलाई खेदकुदको सामग्री समेत वितरण गरेका छन् । 

सामाजिक कार्यमा सर्वदा लाग्ने थापाले नेपालमामात्र नभइ अमेरिकामा जाने नेपालीलाई पनि आवश्यक सहयोग गर्दै आएका छन् । नेपालबाट सुनौलो भविष्यको सपना बोकेर अमेरिका पुगेका नेपालीलाई जागिर खोजिदिनेदेखि आयआर्जन नहुञ्जेलसम्म खान बस्नको समेत उनी आफैले व्यवस्था गर्ने गरेका छन् । नेपालबाट अमेरिका गएका अधिकांश नेपालीलाई उचित काम खोजिदिनुका साथै काम नपाउन्जेलसम्म खानाबस्नको समेत बन्दोबस्ती गरिदिने गरेका छन् । 

लमजुडको रागिनास नगरपालिका वाड नं ९ मा जन्मिएर अमेरिकालाई कर्म थलोका रुपमा अंगालेका थापाले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नाकोत्तर गरेका हुन् ।  खेलकूदमा समेत उत्तिकै चासो राख्ने उनी करातेका व्याल्यक वेल्ड प्राप्त सेकेन्ड डन हुन् । उनी हाल प्रवासी मञ्च अमेरिकाका निर्वाचित अध्यक्ष हुन् । 

उनी ११ वर्षको उमेरबाटै अन्यायको विरूद्ध लड्दै आएका कुशल राजनीतिज्ञ हुन् । राजनीतिक यात्राको क्रममा पटक पटक गिराफ्तार, घाइते तथा थुनामा परेका उनलाई जनआन्दोलन २०६२÷०६३ मा गंगोवुमा टाउकोमा गोली लागेको थियो । 

देशका गणतन्त्र स्थापनाका गोली थापेका उनले नेपालमा बस्दा आफै रेष्टुरेन्ट सञ्चालन गरेर स्वरोजगार बन्न प्रेरणा दिनुका साथै अन्य धेरैलाई जोरजारी दिएका थिए । 

अमेरिकाको वाल्टिमोरमा हिमालयन हाउस नामक नेपाली रेष्टुरेन्ट सञ्चालन गर्दै आएका उनको सह–परिवार सामाजिक ,राजनीतिक र व्यवसायिक जीवन निर्वाह गर्दै आएका छन् । 

२०३९ सालबाट वामपन्थी विद्यार्थी समूहसँग आवद्ध रहेका उनले २०४७ सालदेखि २०६३ सालसम्म नेपाल टे«ड यूनियन महासंघ जिफन्ड मातहत होटल यूनियनमा सक्रिय हँुदै प्रतिष्ठानको अध्यक्ष, केन्द्रीय कमिटीमा सचिवको भुमिका समेत निर्वाह गरिसकेका छन् । 

राष्ट्रिय परिषद सदस्य जिÞम्मेवारी वहन गरेका उनले लमजुङ सम्पर्क मञ्चको अध्यक्ष, गण्डकी अन्चल सम्पर्क मन्चको अध्यक्षसम्म समेत भइसकेका छन् ।

थापा पार्टीको लडाकु दस्ता पीपुल्स भोसेन्टियर नेपालको संस्थापक केन्द्रीय समूहको सदस्य र यूएनडीएफ डीसी मेट्रो कमिटिको सचिवालय सदस्य  हुन् । 

उनी नेपाल रेडक्रस सोसाइटी, लाईन्स क्लब, हेल्पर ग्रुप  हायन्ड, बल्डडोनर एसोसिएशन, वाल्टिमोर नेपाली कम्युनिटी लगायत धेरै संघसंस्थामा आवद्ध रहेका छन् ।

प्रतिक्रिया