बाल्टिमोरमा बृहत नि:शुल्क स्वास्थ शिविर दर्जनौ संघ/सँस्थाको सहकार्यमा हुने
बाल्टिमोरमा दर्जनौ संघ/सँस्थाको सहकार्यमा बृहत नि:शुल्क स्वास्थ शिविर हुने भएको छ । आगामी अक्टोबर २८ आइतबारका दिन हुने उक्त समुदायलाई समर्पित उक्त शिविर दि मेरिल्याण्ड स्कुल अफ ब्लाइन्डकाे प्रांगणमा हुने छ ।
लायन्स क्लव अफ बाल्टिमाेर नेप्लिजको विशेष पहलमा दर्जनौ संघ/सँस्थाहरुको सहकार्यमा बाल्टिमाेरमा एकदिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ। नेपाली चिकित्सकहरु द्वारा नि:शुल्क स्वास्थ्य परिक्षण गरिने हुँदा उक्त लाभ उठाउन बाल्टिमोर मेरिल्याण्डवासी नेपाली परिवारजनहरूलाई सहभागिताको लागि अनुरोध आयोजकले गरेका छन् ।
साथै अमेरिकामा रहेका तथा अमेरिकामा बिमा नलिएका तथा नभएका समेतले लाभ उठाउन सक्ने छन् । उक्त शिविरमा सर्वसाधारणहरुले पनि नि:शुल्क स्वास्थ परीक्षण अन्तर्गत मधुमेय, रक्तचाप, इकोग्राम (मुटु धड्कन जाँच) आदि गर्न पाउने हुनाले उक्त अवसर नगुमाउन सबैमा आयोजकले बिशेष अनुरोध गरेका छन् ।
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया