ताजा समाचार : फ्लोरिडाको माध्यमिक बिद्यालयका दुई छात्राले आफ्ना साथीलाई हत्या गरेर रगत खाने योजना गर्दा प्रहरी द्वारा पक्राउ
कुरा सुन्दा नै पत्यार लाग्दैन । मानिसको मन बिग्रिए पछि कल्पना नगरेको घटना घट्ने गर्छ । अमेरिकाको फ्लोरिडा राज्यको एक माध्यमिक बिद्यालयमा ठूलो घटना घट्न बाट बालबाल बचेको छ । आफ्नै कक्षाका सहपाठीहरुलाई हत्या गरेर उनीहरुको रगत खाने योजना गर्ने दुई छात्राहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
हत्या गर्ने योजना सहित हतियार सहित शौचालयमा ढुकेर बस्दै आफ्ना साथीलाई मारेर उनीहरुको रगत पिउने योजनालाई प्रहरीले विफल बनाई दिएको छ । गत मंगलबार अक्टोबर २३ तारिखका दिन फ्लोरिडाको बिद्यालयमा ठुलो रक्तपात हुन् बाट बचेको छ ।
फ्लोरिडाको प्रहरी अधिकारीले जानकारी दिदै मध्य फ्लोरिडाको माध्यमिक बिद्यालयको शौचालयमा कम्तिमा आफु भन्दा साना र उस्तै १५ जना बिधार्थीहरुलाई चक्कुले हत्या गरेर उनीहरुको आलो रगत खाने योजनाको प्रहरीले खुलाशा गरेको छ । उक्त कुरा गत अक्टोबर २४ बुधबार उक्त कुरा प्रहरीले सार्बजनिक गरेका हुन् ।
दि बार्टो मिडल स्कूलका ति बिद्यार्थीहरुलाई गत मंगलबार अक्टोबर २३ तारिखका दिन पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई हत्या गर्ने योजनाको आरोप ,विद्यालय हाता भित्र हतियार धारण गरेको र छुट्टै हतियार लिएर आएको समेत आरोप लगाइएको छ ।
साथै विद्यालयको कार्यमा व्यवधान गरेको आरोप प्रहरी प्रमुख जो हलले संवाददाता भेटघाटमा बताएका थिए । ११ र १२ बर्षिय किशोरीहरुले आफू पिशाच अन्धभक्त भएकोले आलो र तातो रगत खाने र आफू पनि हत्या गर्ने योजना रहेको थियो भनि प्रहरी अधिकारीले बताएका थिए ।
यो कुराको खुलाशा जव बिद्यालय बाट अभिभावकलाई कक्षा बाट छोरी हराई रहेको खबर गरे पछि उक्त योजना विफल भएको प्रहरीले जनाएको समाचार सीएनएन ले छापेको छ ।
तस्बिर स्रोत : बार्टो प्रहरी बिभाग
माथि प्रस्तुत गिलासमा रगत खाने र यो हतियारले मर्ने योजना रहेको प्रमाण
मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन प्रतियुशा बोहरा
एक हप्तामा २ पटक कोरोना संक्रमित भएका बाइडेन कोरोनामुक्त
” तमु धीं भर्जिनिया ” को ग्रिष्मकालिन – बनभोज भब्यताकासाथ सम्पन्न
न्यु जर्सीका एक पुरुषलाई गोफन्डमा ४ लाख डलर भन्दा ज्यादा घोटाला काण्डमा दोषी ठहर भए पछि ५ बर्ष कैद सजाय
गर्भपतनमा प्रतिबन्ध लगाउने र कानुन पारित गर्ने इन्डियाना बन्यो पहिलो राज्य
प्रतिक्रिया