शनिबार, भदौ ४ २०७९
काठमाडौं ०१:१९
वासिङटन डिसी 15:34

एनपीपीए को २७ औ बार्षिक समारोहमा सपना श्री, न्हुछे डंगोल ,उत्तम श्रेष्ठ ,प्रजित श्रेष्ठ लगायत कलाकारको बिशेष प्रस्तुति हुने

विजय थापा २०७५ कार्तिक ९ गते ०:३३ मा प्रकाशित

नेपा: पासा पुच: अमेरीकायको नेपाल सम्बत ११३९ भिन्तुना तथा २७ औ बार्षिक समारोहमा सपना श्री, न्हुछे डंगोल ,उत्तम श्रेष्ठ, प्रजित श्रेष्ठ लगायतको बिशेष प्रस्तुति हुने भएको छ । यसरी एनपीपीए को कार्यक्रममा पहिलो पटक आफ्नो प्रस्तुति दिन न्यु योर्क बाट डिसी महानगर क्षेत्र आउने भएका छन् ।

साथै स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने संस्थाका अध्यक्ष राजु जोशीले ईनेप्लिजलाई बताए । समारोह आगामी नोभेम्बर १७ का शनिबारका दिन मेरिल्याण्ड को गेथेस्बर्ग स्थित शेडी ग्रोभ मिडल स्कूल ( मध्य बिद्यालय) मा हुने छ । कार्यक्रम दिउसो २ बजे देखि राती १० बजे सम्म बिबिध कार्यक्रमहरु हुने छन् ।

नेपाल सम्बत तथा बार्षिक समारोहमा सहभागी हुन् चाहनेले अग्रिम रुपमा बिधुतिय प्रणाली (ई रजिस्ट्रेसन )बाट दर्ता गर्न सक्ने छन् । १८ बर्ष भन्दा माथीका उमेरका लागि बिधुतिय प्रणाली बाट ३० डलर तोकिएको छ भने समारोह कै दिन ढोकामा दर्ता गराए ३५ डलर तिर्नु पर्ने छ । साथै संरक्षक तथा आजीवन सदस्यहरुलाई ५ डलर छुट रहको छ ।

यसै गरि ११ बर्ष देखि १८ बर्षका किशोर/किशोरीहरुलाई २५ डलर लाग्ने छ भने उनीहरुलाई ढोकामा ३० डलर लाग्ने छ । १० बर्ष भन्दा मुनिका बालबालिकालाई निशुल्क प्रवेश गरिएको छ ।

संस्थाले बार्षिक समारोहमा प्रकाशित गर्दै आएको स्मारिका दबु पत्रिका को विमोचन हुनु को साथै उक्त पत्रिका संरक्षक ,आजीवन सदस्य तथा बिज्ञापन दातालाई प्रदान गरिने छ । समारोहमा गणेश पूजा तथा नेवा समुदायको परम्परागत समय बजी बाट कार्यक्रम सुरुवात हुने छ । भिन्तुना जुलुस तथा उद्घाटन कार्यक्रमको साथै सदैव संचालन गरिने मंच(मंच )कार्यक्रम पनि हुने छ ।

साँझ ६ बजे देखि कलाकारहरु सपना श्री, न्हुछे डंगोल ,उत्तम श्रेष्ठ ,प्रजित श्रेष्ठ लगायतको प्रस्तुति हुने छ । स्मरण रहोस गत बर्ष मा सम्पन्न निर्वाचनमा २०१७ -२०१९का लागि राजु जोशी अध्यक्षतामा अन्य पदाधिकारीहरू सर्वसम्मतीबाट निर्वाचित भएका थिए । यस पटक जोशीको सभापतित्वमा नेपाल सम्बत ११३९ भिन्तुना तथा २७ औ बार्षिक समारोह हुने छ ।

प्रतिक्रिया