के हो श्रीपेच ?

प्रेमबहादुर शाही २०७५ कार्तिक ९ गते ०:०९ मा प्रकाशित

नेपालमा जुन सयममा राजतन्त्र थियो, त्यहि समयमा नेपालका राजाले गद्दी आरोहणका समयमा प्रयोग गर्ने पहिरन श्रीपेच हो । श्रीपेचमा ७ सय ५० वटा हिराका टुक्रा रहेका छन । श्रीपेचको टायरामा २ हजार ७ सय टुक्रा छन । श्रीपेचको पछिल्तिर झुन्डिने कल्की बर्ड अफ प्याराडाइज नामक चराको पुच्छर रहेको छ । बर्ड अफ प्याराडाइज दुर्लभ र प्रतिविन्धत चरा हो । कल्की बाहेकका सवै श्रीपेचका भागमा हीरामोती, माणिक, नवरत्न, सुनले जडिएको रहेको छ । २०६५ साल जेठ २९ गते पूर्व राजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छोड्ना श्रीपेच तत्कालिन गृहमन्त्री कृष्ण सिटौलाको जिम्मा लगाएका हुन ।

आर्थिक वर्ष २०६८÷०६९ मा क्याविनेटको निर्णयलेनै यसलाई दरबार संग्रहालयको प्रदर्शनी कक्षमा राख्ने निर्णय गरेको थियो । राजाले पहिरने श्रीपेच सोमबारदेखि सर्वसाधारणको लागि भन्दै सार्वजनिक गरिएको छ । नारायणहिटी दरबार संग्राहलयमा रहेको श्रीपेचलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरका हुन । नेपाली जनताको छोराछोरी राष्ट्रको कार्यकारी हुन पर्छ भन्दै राजतन्त्रको विरुद्ध राजनीतिक दल लागे । देशमा आएको लोकतन्त्र, गणतन्त्र सहितको संघीय संविधान अनुसार देश संघीयतामा गएसँगै नारायणहिटीमा रहेको श्रीपेच सवैको जनचासोको दुईतिहाई बहुमत पाएको जननिर्वाचित कम्युष्टि सरकारले सार्जजनिक गर्नुबा कुनै बाधा अड्चन हुने भएन ।

सरकारको यो कामलाई स्वभाविक रुपमा लिन सकिन्छ । राजतन्त्रको अन्त्य भएसँगै बन्द कोठामा सीमित रहेको श्रीपेच सार्वजनिक गरेर मात्र हुदैन । यदि यसो गरियो भने, सरकारको सस्तो लोकप्रियाता कमाउनको लागि मात्र सीमित हो । सस्तो लोकप्रियाताको लागि गरिएका कामले देश समृद्धि हुदैन । राजतन्त्र ढल्दैमा, श्रेपेच सार्वजनिक गदैमा नेपालका आम नागरिकहरुको गौरव मानिदैन । राजतन्त्रको समयमा विश्वमाझ नेपालीको छवि उच्च थियो । राजन्तको अन्त्य भएसँग म नेपाली हुँ स्वतन्त्र रुपमा भन्ने सक्ने हिक्मत कमजोर हुदै गएको छ ।

जनताका मुक्तिको लागि भन्र्दैे देशको कार्यकारी पदमा आसीन हुन पुगेकाहरुले नेपालीहरुको गौरवलाई यर्थावत राख्न नसक्नु दुर्भाग्य हो । राजतन्त्रमा नेपालीहरुका जतिको मान, मयार्दा र गौरवशालि सम्मान थियो अहिले त्यो पहिचान मेटिदै गएको छ । सरकारले राजाको श्रीपेच मात्र सर्वाजनिक गदैंमा केही हुदैन । रहस्यमय नारायणहिटी दरबार हत्या काण्ड श्रीपेच जस्तै गरी सवैमाझ सार्वजनिक गर्न सक्छु पर्छ । सत्य, तथ्य के हो ? भन्ने कुन खोजिनिती नगरी मृत्यु भईसकेको मानिसलाई दोषि बनाई आफु पन्छिनु आफु दोषि हुनु हो ।

श्रीपेचलाई त सरकारले सार्वजनिक ग¥यो तर श्रीपेच कुन राजाको पालामा निर्माण थियो ? श्रीपेचको डिजाइन कसले गरेका थिए ? भन्ने कुराको इतिहास पत्ता लगाएर सार्वजनिक गरीएको भए सरकारको उपलब्धी मानिने थियो । श्रीपेचको इतिहास नेपाली माझ अझै रहस्य छ । दरबारहत्या काण्ड रहस्य जस्तै । नेपालीहरु त्यहि कुरा थाहा पाउन चाहान्छन । श्रीपेचको इतिहास पत्ता लगाउनको लागि रोमन संस्कृतिको नेपालको इतिहास पत्ता लगाउनु पर्छ । त्रिभुवनको पाला श्रीपेच निर्माण भएको भन्ने गरेपछि त्यसमा कुनै सत्यता छैन । विज्ञानले सत्य तथ्य खोज्ने जस्तै सत्य, तथ्यको खोजि गरी सार्वजनिक गर्नु पर्छ । अनुमानको आधारमा बनाईएका प्रमाण निरीह हुन्छन ।

लेखक ः– नेपाल पत्रकार महासंघ दैलेखका कोषाध्यक्ष हुन ।

प्रतिक्रिया