नेकपाको पाँच प्रदेशमा ५५/४५ को भागबण्डा
काठमाडौं, ८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पाँच प्रदेश समितिमा ५५/४५ को भागबण्डा हुने भएको छ । कर्णाली र २ नम्बर प्रदेश बाहेकका पाँच प्रदेशमा तत्कालीन एमालेले ५५ र तत्कालीन माओवादीले ४५ को अनुपातमा प्रदेश समिति बनाउने सहमति भएको छ ।
बिहीबार बसेको सचिवालय बैठकले सचिवालय सदस्य रामबहादुर थापा बादल र महासचिव बिष्णु पौडेललाई प्रदेश कमिटी र केन्द्रीय सदस्यहरुको कार्यविभाजन टंग्याउने जिम्मा दिएको छ ।
कर्णाली र प्रदेश २ मा तत्कालीन दुवै पार्टीको भागमा बराबर सदस्य पर्ने छन् ।
प्रदेश १ का २०७ सदस्यीय कमिटी बन्ने देखिएको छ भने प्रदेश २ मा २१५ सदस्य रहने समिति बन्ने तय भएको नेकपा स्रोतले जनाएको छ । प्रदेश ३ मा २१७, गण्डकी प्रदेशमा १८७ र प्रदेश ५ मा २०३ सदस्यीय कमिटी बन्ने बन्ने भएको छ ।
यस्तै कणार्ली प्रदेश कमिटी १७५ सदस्यीय हुँदा सुदूरपश्चिममा १८३ सदस्यीय प्रदेश कमिटी बन्ने नेकपाले जनाएको छ ।
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
अमेरिकी कंग्रेसका प्रतिनिधिमण्डल ताइवान भ्रमणमा
टेक्ससका गभर्नर आबोटले डिसी र न्यूयोर्कमा हजारौ आप्रवासीहरू यात्रियानबाट पठाए
प्रतिक्रिया