चितवनको कालिकामा सगुन महोत्सव सुरु,दुई करोडको कारोबार हुने अनुमान

इनेप्लिज २०७५ कार्तिक ८ गते ११:३६ मा प्रकाशित

शिशिर सिंखडा
कालिका,चितवन, ८ कार्तिक । चितवनको कालिका नगरपालिका वडा नं ६ रेडक्रसग्राम चौरमा विहीवारबाट प्रथम सगुन महोत्सव सुरु भएको छ ।
“कृषि, पर्यटन, व्यापार, उद्योग, कला तथा संस्कृतिको प्रवद्र्धन गर्ने मूल आधार, स्वास्थ्यमा सबैको पहँुचको लागि हामी सबैको अधिकार” भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवमा यस क्षेत्रको पर्यटन र कृषिलाई प्राथमिकता दिइएको महोत्सव मुल समारोह समितिका संयोजक केशब लामाले बताए ।

स्थानीय सगुन विकास समाज र वरपिपल महिला समाजको आयोजनामा भएको महोत्सवमा १ सय ५० स्टल रहेका छन । कालिका क्षेत्रको पर्यटकीय क्षेत्र सिन्ती झरना, कालिका मन्दिर, चित्राम झरना, विभिन्न धार्मिक क्षेत्रहरु गुम्बा लगायत कृषि, व्यवसायको प्रवद्र्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको कार्यक्रम संयोजक लामाले बताए । नगरको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार प्रसारको अतिरिक्त विभिन्न जातजातीको भेषभुषा, रहनसहनको समेत प्रचार प्रसार र प्रवद्र्धन गर्ने उद्देश्य रहेको उनले बताए । यस क्षेत्रका जनताको स्वास्थ्यमा पहुँच पु¥याउने उद्देश्यका साथ महोत्सवबाट बचतबाट भएको रकमबाट एम्बुलेन्स खरीद गर्ने उद्देश्य रहेको समेत लामाले बताए । स्थानीय बजारको विकास र प्रवद्र्धनका अतिरिक्त यस क्षेत्रका उत्पादनहरुको प्रचार तथा विक्री समेत महोत्सवको मुख्य उद्देश्य रहेको छ ।

करिव २ करोड कारोवार हुने लक्ष्य रहेको महोत्सवमा करिव ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सव मुल समारोह समितिका सह संयोजक एवम् आयोजक संस्था सगुन विकास समाजका अध्यक्ष प्रेमकुमार श्रेष्ठले बताए । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको हरेक दिन प्रस्तुती रहने छ । महोत्सवबाट करिव १० लाख रुपैया बचत हुने अनुमान गरिएको र महोत्सवमा प्रवेशको लागि रु. ५० को टिकट शुल्क कायम गरिएको मुल समारोह समितिका सदस्य श्यामकृष्ण बजगाईले जानकारी दिए । सो महोत्सवस यही कार्तिक १९ गते सम्म सञ्चालन हुने छ । महोत्सव हुनुपूर्व शोभायात्रा निकालिएको थियो । कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री एवम् चितवन क्षेत्र नं १ का साँसद सुरेन्द्र पाण्डेले एक समारोहकी बीच महोत्सवको उद्घाटन गरेका थिए ।

कार्यक्रममा क्षेत्र नं १ का साँसद पाण्डे,क्षेत्र नं २ का साँसद कृष्णभक्त पोखरेल, प्रदेश सभा साँसद घनश्याम दाहाल,जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटी,कालिकाका मेयर खुमनारायण श्रेष्ठ,रत्ननगर नगरपालिकाका मेयर नारायण वन,चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी,रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी,नेकपाका नेताहरु जयचन्द्रप्रसाद चौधरी,रामध्वज डल्लाकोटी,नेपाली काँग्रेसका नेता कमल आचार्य,राष्टिय जनता पार्टी चितवनका अध्यक्ष प्रेमकुमार श्रेष्ठ,कालिका वडा नं ६ का वडाध्यक्ष विनोद रेग्मी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।  मुल समारोह समितिका सह संयोजक प्रेमकुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम मुल समारोह समितिका संयोजक केशब लामाको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया