कान्छीको ” बोलको नयाँ भिडियो सार्वजनिक

इनेप्लिज २०७५ कार्तिक ८ गते ११:२० मा प्रकाशित

हरेक दिन नयाँ गीत संगीत र नयाँ अनुहार नेपाली म्युजिक र मुभी इन्ड्रस्ट्रीमा भित्रिरहेका छन। म्युजिक, मोडिलिङ र मुभीमा केहि गर्ने रहर , सपना बोकेर आउनेहरुले नयाँ टेस्टका गीत र भिडियो डिजिटल बजारमा सार्वजनिक गरिरहेका छ्न। केहि दिन अघि डिजिटल बजारमा “कान्छीको ” बोलको नयाँ भिडियो सार्वजनिक भएको छ।

यस गीतमा स्वर , संगीत र शब्द गायक तिलक बस्नेतको रहेको छ। गीतको शब्द लेख्नमा अभिसेक शाहले पनि सहयोग गरेका छन। राजन इशानले गीतको एरेन्जमेन्ट गरेका हुन। सुरेन्द्र बस्यालले भिडियो कोरियोग्राफी गरेका हुन भने उत्सव दहालले भिडियो छायांकन गरेका हुन। डान्सिङ बिटको भिडियोमा मोडेल अन्जु चौलागाई संगै नयाँ मोडेल प्रकाश बलाएर र अभिसेक शाहले अभिनय गरेका छ्न। अर्जुन अधिकारीको निर्देशनमा गीतको भिडियो तयार पारिएको हो ।

प्रतिक्रिया