केसी डान्स सेन्टर द्वारा चेपाङ्ग बिद्यालयलाई सहयोग
” कलिवुड नाइट २०१८ ” सफलता पूर्वक सम्पन्न भए लगत्तै केसी डान्स सेन्टर द्वारा चेपाङ्ग बिद्यालयलाई आर्थिक सहयोग गरेको छ । केसी डान्स सेन्टर द्वारा गत अक्टोबर ६ तारिखका दिन डिसी महानगर क्षेत्रमा दोश्रो पटक आयोजना बाट उठेको केही रकम चितवन स्थित नभोदय स्कूल (चेपाङ्ग बिद्यालय)लाई अमेरिकन डलर ७ सय ११ प्रदान गरेको छ ।
उक्त कार्यक्रमको लागि नेपाल बाट आएका अभिनेता सरोज खनाल मार्फत केसी डान्स सेन्टर सुपर मम्स संग मिलेर उक्त रकम हस्तान्तरण गरेको हो ।
” कलिवुड नाइट २०१८ ” कार्यक्रम पूर्व नै संचार माध्यममा केसी डान्स सेन्टरका संस्थापक द्वय नविन केसी तथा लुना श्रेष्ठलाई उठेको रकम बाट समाज सेवामा खर्च गरिन्छ कि गरिदैन भन्ने जिज्ञाशामा केसीले पटक पटक केही सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । केसी डान्स सेन्टरले बोलेको कुरा पुर्याएको छ ।
साथै समाजसेवी श्याम बजिमाया र गंगा बजिमया बाट १०१ डलर तथा टेक्सस निवासी महेन्द्र कुवर बाट पनि थप ५०० डलर सरोज खनाललाई हस्तान्तरण गरियो । कलाकार खनालले एक कार्यक्रम बीच सम्बन्धित बिद्यालयलाई हस्तान्तरण गर्ने बताएका थिए ।
” कलिवुड नाइट २०१८ “मा उत्कृष्ट प्रस्तुत गर्ने सुपर मम्सहरुमा जया श्रेष्ठ,रुबिना प्रजापति ,सुजना ढकाल,उर्मिला ढकाल ,बबिता श्रेष्ठ ,रज्जु मानन्धर ,रेखा भण्डारी ,सबिना बज्राचार्य ,गौरी तिमिल्सिना तथा सोनीका महत रहेका थिए ।
बाइडेनलद्वारा व्हाइटहाउसमा फिनल्याण्ड र स्वीडेनले नेटोमा दिएको आवेदनलाई समर्थन
शिकागोमा प्रकाश सपूतको संगीतिक साँझ भब्यताका साथ सम्पन्न
मर्सिडिजले हालसालै विश्वको सबैभन्दा महँगो कार १४२ मिलियन डलरमा बेच्यो
न्यूयोर्कको बफेलो शहरमा सामूहिक गोलीबारीपछि घरेलु आतंकवाद रोक्न सदनद्वारा विधेयक पारित
शिकागोमा विद्यार्थीले ल्याएको झोलामा भरुवा बन्दुक आकस्मिक चल्दा एक बिधार्थीको पेटमा गोली लागे पछि आमा बिरुद्ध अभियोग
प्रतिक्रिया