बिहीबार, असोज ७ २०७८
काठमाडौं १६:१६
वासिङटन डिसी 06:31

नेपाल हाउसमा पूर्व अर्थमन्त्री डा महत लगायतले कोजाग्रत पूर्णिमाका दिन अमेरिकाका नेपालीलाई यसरी शुभकामना दिए ,के के भने

दशैँ भनेको असत्य माथि सत्यको विजय हो

विजय थापा २०७५ कार्तिक ७ गते २३:३१ मा प्रकाशित

बडा दशैंको अन्तिम कोजाग्रत पूर्णिमाको दिनमा बाल्टिमोर स्थित नेपाल हाउसमा यस बर्षको दशैँलाई बिदा गर्ने हेतुले अमेरिकाका भ्रमणमा रहेका ४ जना काग्रेस नेताहरुलाई एकै थलोमा राखेर जमघट गराएको छ ।

गत अक्टोबर २३ तारिखका दिन महा बाणिज्य दूत प्रेम राजा महतको पहलमा गरिएको उक्त भेटघाट कार्यक्रममा नेपालका पूर्व अर्थ मन्त्री डा रामशरण महत लगायतले कोजाग्रत पूर्णिमामा अमेरिकामा रहेका नेपालीहरुलाई दशैको शुभकामना सहित आफ्ना केही विचारहरु पस्केका थिए ।

नेपाल हाउसमा बिजया दशमीको अन्तिम दिन पूर्णिमा मा नेपालका पूर्व अर्थ मन्त्री रामशरण महतको प्रमुख आतिथ्यमा , पूर्व मन्त्री तथा पूर्व भारतका लागी राजदुत दीप कुमार उपाध्याय , पूर्व पर्यटन राज्य मन्त्री रेवती प्र भुसाल तथा पूर्व सांसद राम कृष्ण घिमिरेले बाल्टीमोरबासीलाई दसैको शुभकामना दिदै :

Posted by Enepalese on Tuesday, October 23, 2018

अमेरिकाका नेपाली लगायत बिश्व भर रहेका नेपालीहरुलाई दशैको आशिर्बाद दिने कांग्रेसी नेताहरुमा पूर्व अर्थ मन्त्री रामशरण महत ,पूर्व मन्त्री तथा पूर्व भारतका लागी पूर्व राजदुत दीप कुमार उपाध्याय , पूर्व पर्यटन राज्य मन्त्री रेवती प्र भुसाल तथा पूर्व सांसद राम कृष्ण घिमिरे रहेका थिए ।

महा बाणिज्यदुत महतले पूर्व अर्थ मन्त्रि डा महतलाई ध्यानाकर्षण गराउदै बिदेशमा बस्ने नेपालीहरुले नेपाललाई अझ माया गर्ने बताए । साथै महा बाणिज्य दुत महतले विदेशमा बस्ने नेपालीलाई नेपालमा नेपाली नै हैन भन्ने आक्षेप लागेको कुरा समेत पूर्व अर्थमन्त्री डा महतलाई राखेका थिए ।

डा महतले छोटो समयमा आयोजना गरिएको कार्यक्रम बारेमा बोल्दै यो खुशी को मौका हो र भेटघाट काकताली पनि परेको बताए । दशैँ भनेको असत्य माथि सत्यको विजय हो । सबै नेपालीलाई सत्कर्ममा प्रेरित गरुन भन्दै दुर्गा भवानीले सबैको सबैको कल्याण गरुन भन्दै महा बाणिज्य दुतलाई बिशेष धन्यवाद दिए ।

डा महतले महा बाणिज्यदुत महतले राखेको कुरालाई प्रथम प्राथमिकताको साथ जवाफमा दिदै डा महतले हामी अहिले बिश्वव्यापिकरण युगमा छौ भने । नेपालमा मात्र हैन विदेशमा बस्नेहरु पनि नेपाली नै हुन् ।

नेपालमा मात्र हैन विदेशमा बस्नेहरु पनि नेपाली नै हुन् ।

यदी बिदेशमा बस्दैमा बिदेशी हुन् भनिन्छ भने त्यो सरासर गलत हो भनका छन् ।

डा महतले बीपीको सन्दर्भ जोड्दै देश भनेको भावना पनि हो । जहाँ प्रजातान्त्रिक अधिकार चाहिन्छ । अव विश्व उदार प्रजातन्त्र भै सकेको बताए । सीमाना भित्र बस्ने मात्र नेपाली हैन बाहिर बस्ने पनि नेपाली हुन् भन्दै विदेशमा बसेर पनि उनीहरुका ज्ञान ,शीप ,भावना मातृभूमिमा दिनु पर्ने बताए ।

सीमाना भित्र बस्ने मात्र नेपाली हैन बाहिर बस्ने पनि नेपाली हुन् भन्दै विदेशमा बसेर पनि उनीहरुका ज्ञान ,शीप ,भावना मातृभूमिमा दिनु पर्ने बताए ।

डा महतले हामी आफ्ना परिवार संग विदेशमा बसोबास गर्छौ , जहाँ भए पनि हामीले देशलाई सम्झनु पर्छ भन्दै सबैको उन्नति प्रगती होस् भनि शुभकामना दिए । पूर्व पर्यटन राज्य मन्त्री रेवती प्र भुसालले शुभकामना सहित अमेरिकामा को कांग्रेस को कम्युनिष्ट हुन् भन्न चाहन्न भन्दै नेपाली समुदाय भनेर सम्बोधन गर्न चाहेको बताए । र अमेरिकामा सबै प्रजातान्त्रिकवादी भएको बताए ।

यसै गरि पूर्व सांसद राम कृष्ण घिमिरेले अमेरिकामा बसोबास गर्ने सबैको अझ राम्रो जीवन होस् । तपाईहरु जस्ता बुद्धिजीविहरु बाहिर गएकोले नेपाल पछाडी परेको बताए । घिमिरेले मातृभूमि प्रति माया रही रहोस भनि शुभकामना दिए ।

यसै गरि पूर्व मन्त्री तथा पूर्व भारतका लागी पूर्व राजदुत दीप कुमार उपाध्यायले बिदेशमा बस्ने नेपालीले नेपाललाई प्रबर्धन गर्नु पर्ने बताए । अमेरिकामा नीति निर्माणमा पुगेका नेपालीले नेपालमा उत्पादित समान अमेरिकामा निकासी गर्न अमेरिकन सिनेटर या सभासदहरु संग कुरा चलाउन सुझाव दिए ।

छोटो समयमा आयोजना गरिएको उक्त जमघटमा आउनु हुने सबैलाई महा बाणिज्य दूत महतले स्वागत तथा धन्यबाद दिएका थिए । कार्य्रक्रम पछि रात्री भोजनको आयोजना गरिएको थियो ।

प्रतिक्रिया