सोमबार, साउन ३० २०७९
काठमाडौं १६:१८
वासिङटन डिसी 06:33

१.६ अर्ब डलरको मेगा मिलियन ज्याकपट साउथ कारोलाइनाका भाग्यशालीलाई

इनेप्लिज २०७५ कार्तिक ७ गते १०:२४ मा प्रकाशित

अमेरिकाको ईतिहास कै सर्बाधिक ठूलो धनराशीको मेगा मिलियन ज्याकपट चिट्ठा गत मंगलबार राती खुलेको छ । मेगा मिलियन अधिकारीका अनुसार हिजो खुलेको उक्त संख्या अमेरिकाको साउथ कारोलाइनामा परेको जनाएको छ ।

गत मंगलबार खुलेको चिट्ठाको नतिजा अनुसार ५- २८-६२-६५-७० र मेगा बल ५ रहेको जनाएको छ । सम्भवत यो अत्यधिक राशीको चिट्ठा बिश्व कै सर्बाधिक ठूलो राशिको हो । अहिले सम्म कुन स्थानमा परेको भन्ने जनाइएको छैन । गत अक्टोबर १९ तारिख शुक्रबार बिजया दशमीको शुभ साइत मै मेगा मिलियन ज्याकपट कसैलाई नपरे पछि मंगलबार अक्टोबर २३ का दिन खेलाइएको थियो ।

अमेरिकाका ४४ राज्यमा मेगा मिलियन टिकट खरिद गर्न सकिने छ । उक्त भाग्यशालीले एक पटक मै नगद लिएमा ९ सय १३ लाख डलर प्राप्त गर्ने छन् ।

प्रतिक्रिया