डिसीमा संचार घर भवनमा जवर्जस्ती छिर्ने युवामाथि सुरक्षाकर्मी द्वारा गोलि प्रहार
अमेरिकाबाट संचालित विश्व प्रसिद्ध संचार माध्यम फक्स न्युज को डिसी स्थित कार्यालयमा जबर्जस्ती छिर्ने युवामाथि सुरक्षाकर्मीले गोलि प्रहार गर्न बाध्य भएका छन् । ति ३८ बर्षिय चोर गत सोमबार अक्टोबर २२ तारिख दिउसो छिर्ने कोसिस गर्दा उनलाई गोलि प्रहर गरिएको हो ।
सोमबार ठिक ३ बजे पछि जर्ज ओडेम्स नामक उक्त चोरले डिसी को विस्कनसिन एभेन्यु उत्तरपश्चिम को भवन मा छिर्ने प्रयास गरेको प्रत्यक्ष उक्त भवनमा जडान गरिएको चित्रग्रहिणी ( क्यामारा ) बाट स्पष्ट देख्न सकिन्छ ।
सुरक्षाकर्मीले उनलाई त्यहाँ आउने अनुमति छैन भनेका थिए । उनले अगाडीको ढोकाका सीसालाई लात्ती हानेर तोडेर अर्को ढोका पनि फोर्ने प्रयास गरेको देखिन्छ । थोम्प्सन नामक सुरक्षाकर्मीले आफ्नो हतियार तयार गरे ओदेम्न्सलाई रोक्ने प्रयास गरे । उनले छातीमा गोलि प्रहार गरेको प्रहरीले जनाएको छ ।
गोलि प्रहार हुने बित्तिकै उनि ढलेका र प्रहरी आएको डब्लुटिओपी ले जनाएको छ । चोरलाई अस्पताल भर्ना गरिएको छ भने पटक पटक उनले कर्मचारीलाई बिधुतिय डाक पठाएको र बिगतमा मानिस हत्या गर्ने अभियोग समेत लागेको फक्स न्युज ५ ले जनाएको छ ।
घाइते को अवस्था ठिक रहेको समेत समाचारमा छ । अन्य कोहि पनि हताहत नभएको र कोही अरु घाइते नभएको समाचार छ ।
https://wtop.com/dc/2018/10/security-guard-shoots-man-near-dcs-fox-5-building/slide/1/
मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन प्रतियुशा बोहरा
एक हप्तामा २ पटक कोरोना संक्रमित भएका बाइडेन कोरोनामुक्त
” तमु धीं भर्जिनिया ” को ग्रिष्मकालिन – बनभोज भब्यताकासाथ सम्पन्न
न्यु जर्सीका एक पुरुषलाई गोफन्डमा ४ लाख डलर भन्दा ज्यादा घोटाला काण्डमा दोषी ठहर भए पछि ५ बर्ष कैद सजाय
गर्भपतनमा प्रतिबन्ध लगाउने र कानुन पारित गर्ने इन्डियाना बन्यो पहिलो राज्य
प्रतिक्रिया