शनिबार, भदौ ४ २०७९
काठमाडौं ०१:०४
वासिङटन डिसी 15:19

भारतसँग वेष्ट इण्डिज सजिलै पराजित

इनेप्लिज २०७५ कार्तिक ६ गते १:४५ मा प्रकाशित

नयाँ दिल्ली, ५ कात्तिक । पहिलो एक दिवसीय क्रिकेटमा वेष्ट इण्डिजले प्रस्तुत गरेको ३२३ रनको लक्ष्य भारतले ४२.१ ओभरमा २ विकेटको क्षतिमा सजिलै भेट्टाएको छ ।

निर्धारित ५० ओभरमा वेष्ट इण्डिजले ८ विकेटको क्षतिमा ३२२ रन बनाएको थियो । यसका लागि शिम्रोन हेत्मेयरले सर्वाधिक १०६ रन बनाएका थिए भने कायरन पोवेलले ५१ रनको योगदान दिएका थिए ।

बलिङतर्फ युज्वेन्द्र चाहलले ३ र रविन्द्र जडेजा तथा मोहम्मद शामीले २–२ विकेट लिए । गुआहाटीको बर्सपारा रंगशालामा भएको खेलमा भारतले टस जितेर फिल्डिङ रोजेको थियो ।

३२३ को लक्ष्य पाएको भारतले जवाफी ब्याटिङ सुरु गरेपछि शिखर धवनलार्इ सस्तैमा गुमाएको थियो । त्यसपछि ओपनर रोहित शर्मालार्इ साथ दिन आएका कप्तान कोहलीले शर्मासँग शानदार दुइ शतकभन्दा बढी रनको साझेदारी गरेका थिए । उनी खेलको ३३ औं ओभरको अन्तिम बलमा व्यक्तिगत १४० रन बनाएर आउट भए ।

खेलको अन्तयसम्म टिकेका ओपनर रोहित शर्माले अविनित १५२ रन बनाए । उनले शानदार छक्कासँगै निर्धारित लक्ष्य भेट्टाएका थिए । बलिङतर्फ देवेद्र बिशू र ओशाने थोमसले १–१ विकेट लिएका थिए । एजेन्सी

प्रतिक्रिया