बुधबार, माघ १२ २०७८
काठमाडौं ०१:३८
वासिङटन डिसी 14:53

निलमणी भण्डारीले आफ्नो पुर्व पत्नीलाई दशैँको मुखमा सम्झिदै लेखे यस्तो हृदयविदारक खुल्ला पत्र [हेर्नुहोस भिडियो सहित्]

इनेप्लिज २०७५ कार्तिक ६ गते ०:०४ मा प्रकाशित

पिएनपिखबर, भक्तपुर : निलमणी भण्डारी शारीरिक रुपले आफु अशक्त रहेर पनि गायन क्षेत्रबाट कहिल्यै नथाक्ने नाम हो । भोजपुरको उत्तरी दिङ्लाको एउटा किसान परिवारमा जन्मेका भण्डारी पुर्णत शारिरिक रुपमा अशक्त छन् । उनका हात खुट्टा मध्य एक हात मात्रै राम्ररी चल्छ।

पछिल्लो समयमा उनीमाथि ठुलो बज्रपात आईपरेको छ। उनको जीवनभर साथ् दिन्छु भनेर वाचा गरेकी श्रीमतीले अहिले उनलाई डिभोर्स दिएकी छिन्। प्राणभन्दा प्यारी श्रीमतीले डिभोर्स दिएपछि उनी सामाजिक संजालमा भाइरल भएका छन्।

उनीहरुबीच प्रेम विवाह भएको थियो। २०६० साल देखि प्रेम सम्बन्धमा बाधिएका निलमणीको २०६३ सालमा प्रेमिका संगै विवाह भयो तर अहिले भने उनीहरुको सम्बन्धमा पूर्णविराम लागेको छ। उनी अहिले निकै चिन्तित छन्। उनको श्रीमतीले विगत डेढ वर्ष देखि सम्बन्ध तोड्ने कुरा गरिरहेकी थिइन्। शुरुमा त भण्डारीले मानेका थिएनन तर पछि भने उनी समबन्ध विच्छेद दिन बाध्य भए। निलमणी भण्डारीले आफ्नो पुर्व पत्नीलाई दशैँको मुखमा सम्झिदै खुल्ला पत्र लेखेका छन्।

यस्तो छ निलमणी भण्डारीको हृदयविदारक खुल्लापत्र…

समयले मान्छेलाई कहाँबाट कहाँ पुर्‍याउँदो रहेछ, कुनै समयमा म आफूलाई नेपालका ३२ लाख् अपाँङ्गहरु मध्येको सबैभन्दा भाग्यमानी अपाँङ्ग हूँ भन् ठान्थेँ,जुन् समयसम्म कसैको साथ् थियो ! आजभोली त एस्तो लाग्छ कि ३२ लाख् अपाँङ्ग मध्येको सबैभन्दा अभागी त मै पो रहेछु! खुकुरीले काटेको र आगोले पोलेको घाऊ त जति जति पुरानो हुँदै गयो उती उती खाटा बस्दै जान्छ,तर यो मायाँको घाऊ त झन् झन् पुरानो हुँदै गयो झन् झन् दुख्दै जान्छ, झन् झन् पोल्दै जान्छ!

हुन त पीडा नभएको मान्छे हुँदैन, फरक यत्ति मात्र हो, कसैको सानो पीडा त,कसैको ठूलो पीडा,आफ्नो पीडा आफैँलाई ठूलो लाग्नु पनि स्वभाविक नै होला!संसारमा म जस्ता धेरै पिडीतहरु होलान् जो विछोडको वियोगमा पानी बिनाको माछो जसरी तड्पिन्छ त्यसरी नै तड्पिने!सबैको भाग्य लेख्ने हे भाग्य विधाता!!! तिमी सँग म एउटै मात्र बिन्ति बिसाउँछु,बरु यो मायाँ भन्नेँ चिजको अन्त्य नै गरीदेऊ,यदी त्यो पनि सक्दैनौ भने म जस्ता पागल प्रेमीलाई मृत्यु दण्ड नै देऊ,हाँसी हाँसी स्वीकारी दिऊँला,तर म माथि जुन् किसिमको बज्रपात् बर्सायौ यती ठूलो अन्याय कोहीमाथि पनि नगर!

आज पनि स्मरण छ मलाई त्यो दिनको,२०६३ साल वैशाख २९गते सोमबारका दिन् काठमाडौं को म्हेपि मन्दिरमा गएर ऊनको सिउँदोमा सिन्दुर भरेको,अनि एऊटै रथका दुई पाँङ्ग्रा भएर सँग सँगै जिउने बाचा कसम खाएको! तर जीन्दगीको आधा बाटोसम्म पनि यात्रा गर्न नपाऊँदै एऊटा पाँङ्ग्रोले मेरो साथ् छोडीदियो! २०७५ साल् अशोज ९ गते मंगलबारको त्यो कालो दिन्! विहानै ऊठेर आफ्नो नित्य कर्म सकेँ,सानो ब्रिफकेशमा ऊनलाई सिन्धुर हालेको रुमाल सहितको सिन्धुरको एऊटा पोको थियो,त्यसलाई आफ्नो खल्तिमा हालेँ! कोठामा अति वृद्ध अवस्थाका बुढाबुढी बा-आमा आँखाभरी मोतीका दाना जस्ता बलिन्धारा आँशुका धारा बगाऊँदै भक्कानीन थाल्नुभयो!

म बोल्नै सकिनँ,तै पनि आफूलाई सम्हालेर बा-आमाको पाऊमा आफ्नो शीर निहुराऊँदै भनेँ, मलाई आशीर्वाद दिनुस्! केही पीर मान्नु पर्दैन,हजुरहरुको लागि म छु! बा-आमालाई त यसरी सम्हालेँ,तर मलाई सम्हाल्ने त्यहाँ कोही पनि थिएन! टाऊकोमा हेल्मेट लगाएर ढोका सम्म पुगेँ, पछाडि फर्किएर हेर्नै सकिनँ, किनकी मेरा आँखाबाट पनि बा-आमाको आँशुको पैँचो तिर्नका लागि होला गोहीका आँशुहरु निरन्तर झर्न सुरु भै सकेका थिए!आफ्नो चारपाँङ्ग्रे स्कुटरमा बसेर म म्हेपि मन्दिरतीर लागेँ! मन्दिरको गेटमा पुगेँ,आफ्नो स्कुटरलाई पार्किङमा राखेर गेटबाट भित्र पसेँ! हात गोडा र मेरो सारा शरीर नै थर्थरी काँपीरहेको थियो,गेटबाट भित्र पसेर देब्रेपट्टीको पीपलको फेदमा बसेँ, अनि माथि मन्दिर तीर हेरेँ!

मन्दिर सम्म पुग्नका लागि धेरै लामा खुड्किलाहरु पार गर्नुपर्ने भएका कारण कसरी पुगुँ भनेर निकै बेर सोँचेर बसेँ! सोँच्दा सोँच्दै झन् मेरा नौ नारीहरु गल्न थाले,पुरै शरीर नै लल्याकलुलुक भएको अनुभुति भयो,घिस्रिएर माथिसम्म जाने आँट नै आएन!त्यसपछि अब मन्दिर नजाने निर्णय गरेँ, अनि त्यही पीपलको फेदलाई समाएर रुँदै रुँदै म्हेपि मातालाई सम्झिँदै भनेँ! हे माता आजसम्म मलाई यती ठूलो विपत्ति कहिल्यै परेको थिएन बाह्र वर्षको यो लामो अन्तरालपछि तिम्रो शरणमा आएको छु!

२०६३ साल बैशाख २९ गते शुक्रबार का दिन् तिम्रै काखमा बसेर तिमीलाई नै साक्षी राखेर मेरी नानुको हात मागेको थिएँ, आज २०७५ साल अशोज ९ गते मंगलबारका दिन् ऊनले पनि मेरो साथ् छोड्दैछिन् ! मेरी नानुलाई आजबाट तिम्रो जिम्मामा छोडेको छु,ऊनको रक्षा गर है? विहानको ६ बजेको थियो,कोठमा फर्कन मन् नै लागेन,सिधै अनामनगर आफ्नो अफिसमा गएँ,अनि ढोका थुनेर एक्लै बेस्सरी रोएँ ! रुँदा रुँदा विहानको १० बजेछ,मोवाईलमा वकिलको फोन आयो,त्यसपछि लागेँ जिल्ला अदालत बबरमहल तीर! अदालतमा उनीसँग एक शब्द पनि बोलचाल भएन,अभियोग दर्ता शाखाको ढोका नीर पक्ष विपक्ष वकिल सहित् हामी आ-आफ्नो पेपरमा हस्तक्षर धस्काउन थाल्यौँ,आँखाबाट आँशुका धारा बग्ने क्रम जारी नै थियो, दिउँसोको दुई बजेको थियो!काठमाडौं जिल्ला अदालतका न्यायाधीश रमेशराज पोखरेलको ईजालसले हाम्रो सम्बन्ध बिच्छेदको अन्तिम फैसला सुनाईदिए,ऊनी आफ्नो बाटो लागीन् अनि म आफ्नो बाटो! यत्तिमा सकियो वर्षौं लगाएर जोडिएको हाम्रो त्यो ऊनी र म बिचको एऊटै रथका दुई पाँङ्ग्राको सम्बन्ध !

अन्तमा: हे सृष्टिकर्ता भगवान् ! तिमी आफैँ मैले धान्नै नसक्ने गरी खुसी दिन्छौ,त कहिले सहनै नसक्ने गरी पीडा दिन्छौ! तिमी सँग मेरो कुनै गुनासो छैन,जती दियौ सबै लुट्यौ!मेरो वास्तविक जीवन् कतै किताबमा पढिएको श्रवणकुमारको कथा जस्तो नहोस्! किनकी मेरो भरमा डाँडा माथि अस्ताउन लागेका घाम् जुन् सरीका वृद्ध वृद्धा बा-आमा हुनुहुन्छ!केही समय ऊहाँहरुको सेवा गर्ने ठूलो ईच्छा छ,मेरा बा- आमाको शेखपछि मलाई यो धर्तीमा एक सेकेण्ड पनि नराख्नु है? यसैमा मेरो कल्याण हुनेछ ।।।
यस्तो थियो पुरानो मुद्दाः द ट्रेन, जेलजस्ता फिल्ममा काम गरिसकेकी पूर्व मिस इन्डिया सयाली भगतको नाममा सन् २०११ मा एउटा स्टेटमेन्ट जारी भयो । उक्त स्टेटमेन्टमा सयालीले टीनू वर्माको फिल्म ‘द विकेन्ड’ को लञ्चिङको क्रममा मुख्य अतिथीको रुपमा आएका अभिताभ बच्चनसँग आशिर्वाद लिनका लागि झुक्दा गलत तरिकाले छोएको बताइयो । उक्त स्टेटमेन्टमा सयालीले साइनी अहुजा, आर्य बब्बर, साजिद खान र थुप्रै चर्चित कलाकारमाथि यौन उत्पीडनको गम्भीर आरोप लगाएकी थिइन् ।

माफी मागिसकेकी छिन् सयालीः यो मामलामा अमिताभले पुलिसको सहारा लिए । अनुसन्धानपछि यो मामला साइबर क्राइम भएको पत्ता लाग्यो । सयाली भगतले आफूलाई साइबर क्राइमको शिकार बताउँदै सबैसँग माफी मागिन् र उनका पूर्व पब्लिसिस्टले उनको सहमती बिना बयान जारी गरेको जानकारी दिइन् । आफू यसका लागि निकै लज्जित भएको पनि बताइन् । त्यसपछि सयालीले आफ्ना पूर्व पब्लिसिस्टविरुद्ध पुलिसमा मुद्दा पनि दर्ता गरेकी थिइन् ।

प्रतिक्रिया