आइतबार, साउन २२ २०७९
काठमाडौं २२:४९
वासिङटन डिसी 13:04

न्युयोर्क ज्याक्सन हाइटमा सङ्गीतकार टीका भण्डारीबाट कलाकारहरूलार्इ सामुहिक दसैंको टीका

नातिबाबु भट्ट २०७५ कार्तिक ४ गते २२:०८ मा प्रकाशित

न्युयोर्क शहरको ज्याक्सन हाइट क्विस्न्समा शनिवार सांझ सङ्गीतकार टीका भण्डारीबाट त्यहां स्थित ६० जना कलाकारहरूलार्इ सामुहिक दसैंको टीका लगार्इ दिएका छन् । दसैं बिशेष कार्यक्रममा नेपाली कलाकारहरुले कार्यक्रमको शिलशिलामा नेपालबाट केहि दिन अघि अमेरिका आईपुगेका बरिष्ठ सङ्गीतकार तथा गायक टीका भण्डारीको हातबाट सामुहिक रुपमा दसैंको टीका लगाएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि टीका भण्डारीलाई गायिका सपना श्री, गायक नरबहादुर दाहाल, संगीतकार शिशिर श्रेष्ठले समेत साथ दिएका थिए ।अमेरिका नेपाली कलाकार सङ्घका अध्यक्ष सुमन बुढामगरको अध्यक्षतामा आयोजित ”बरिष्ठ सङ्गीतकार तथा गायक टीका भण्डारीबाट दशैं टीका ग्रहण” कार्यक्रममा न्युयोर्कमा रहेका ९० जना मध्ये ६० जना कलाकारहरु उपस्थित भएका थिए ।

जस मध्ये केहि कलाकार दशैं मान्न नेपाल पुगेको जानकारी अध्यक्ष सुमन बुढा मगरले दिएका थिए । कार्यक्रममाराष्ट्रिय खेलाडी तथा पत्रकारहरु समेत सहभागी रहेका थिए। धर्म साँस्कृतिमा फरक आस्थाका कारण दसैंमा टीका ग्रहण नगर्ने केहि कलाकारहरु समेत टीका ग्रहण कार्यक्रममा भावनात्मकरुपमा ऐक्यबद्धता का लागि सहभागी भएका थिए ।

दसैं टीका ग्रहण कार्यक्रममा बरिष्ठ गायिका सपना श्री, चर्चित गायक जगदिस समाल , बरिष्ठ गितार बादक शिशिर श्रेष्ठ, गायक तिलक बम मल्ल, चर्चित लोक गायक बिमल डाँगी मगर, सुमनबुढा मगर, गायिका शर्मिला गुरुङ, बरिष्ठ बाद्यबादक न्हुच्छेमान डंगोल,राष्ट्रिय धावक गायक नरबहादुर दाहाल, लगायत ६० भन्दा बढी कलाकारहरुलाई सङ्गीतकार भण्डारीले टीका जमरा प्रदान गरेको थिए। कार्यक्रममा आ- आफ्ना गीतका मुखडा प्रस्तुत गर्दै कलाकारहरुले नेपालमा बस्ने आफ्ना परिवारजन र शुभचिन्तकहरुलाई समेत दशैंको शुभकामना ब्यक्त गरेका थिए ।

सफल सगरमाथा आरोही आङ् छिरिङ् शेर्पा कार्यक्रमा अतिथिका रुपमा उपस्थित थिए । साथै केहि नेपाली कला सङ्गीतका शुभचिन्तक, उद्योगी र साहित्यानुरागीहरुको समेत उपस्थित थिए।

कार्यक्रम स्थलको एउटा लबीमा दसैं पर्व बिशेष कार्यक्रम भईरहँदा,अर्को लबीमा बसेका अमेरिकन नागरिकहरु समेत निकै चासो मानेर कार्यक्रमलाई नियालिरहेका देखिन्थे । कार्यक्रममा यहि आउँदो डिसेम्बर ८ तारिकमा अमेरिकन नेपाली कलाकार सङ्घले न्युयोर्कमा बृहत सांगीतिक साँझ तथा अग्रज स्रस्टा सम्मानको कार्यक्रम गर्न लागेको कुरा अनलाइन प्रसारण मार्फत सबैलाई जानकारी गराइएको थियो।

कार्यक्रमको अत्यमा मन्तब्य राख्दै सङ्गीतकार भण्डारीले सात समुद्रपारी जीवन नाउ खियाइरहेका ६० जना राष्ट्रिय कलाकारहरुलाई सामुहिकरुपमा बडा दसैंको टीका लगाउन पाउनु गर्वको बिषय भएको बताए । यो एउटा सुखद संयोग मात्र नभई सम्पूर्ण कलाकारहरुले सामुहिक रूपमा म प्रति गरेका सम्मानका रुपमा लिएको छु उनले भने । हामी जहाँ रहे पनि आखिर नेपाली नै हौ ।

हाम्रो राष्ट्रिय स्वाभिमान र गौरब हाम्रा चाड पर्बहरु सम्मिश्रित छन् । हामी बिचको जातिय, क्षेत्रीय र धार्मिक साँस्कृतिक अनेकता र बिबिधतालाई गीत सङ्गीत र कलाका अन्य माध्यमहरुले मात्र एकता र सुमधुरतामा बदल्न सक्छ । हामी यस मानेमा धन्य छौं, यो एउटा उदाहरण पनि हो भन्दै उनले आयोजक धन्यवाद दिएका थिए ।

कार्यक्रमको सम्पूर्ण जानाकारी स्वयं टिका भण्डारीले साहित्यकार ज्ञानेन्द्र गदाल मार्फत गराएका हुन् ।

प्रतिक्रिया