पाँच दिवसीय आधारभूत पत्रकारिता तालिम सुरु

इनेप्लिज २०७५ कार्तिक ४ गते १३:४२ मा प्रकाशित

सञ्जय मित्र, रौतहट

रौतहटको मौलापुरमा पाँच दिवसीय आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । एक कार्यक्रमबीच नगरपालिकाकी मेयर रीनाकुमारी साहले तालिमको उद्घाटन गर्दै मौलापुर नगरपालिकाले युवाहरुको सीप विकासको लागि थालेको विभिन्न अभियानमध्ये एक पत्रकारिता तालिम भएकोले इमानदार पत्रकार बन्न सहभागी सबैलाई सुझाव दिएका छन् । कार्यक्रममा नगरपालिकाका उपमेयर गौरीशंकरप्रसाद जयसवालले पत्रकारिताको माध्यमले मौलापुर नगरपालिकाको नाम र शान वृद्धि गर्न प्रशिक्षार्थी पत्रकारहरुलाई आग्रह गरेका छन् । कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रशिक्षक सञ्जय मित्रले आधारभूत पत्रकारिता तालिमे पत्रकारिताबारे सामान्य जानकारीमात्र सम्भव भएकोले धेरै कुरो व्यवहारमै सिक्नुपर्ने आ व्यवहारमा आइपर्ने समस्यामा आफूहरु सधैँ समाधानको लागि तयार रहने बताएका छन् ।

प्रशिक्षकहरु यमन पौडेल, प्रतीक भन्डारी र फणि महतद्वारा पाँच दिनसम्म दिइने आधारभूत तालिममा रौतहट क्षेत्र नम्बर तीनका एक सयजनाको उत्साहपूर्ण सहभागिता रहेको छ । मौलापुर नगरपालिकाले निःशुल्क पत्रकारिता तालिम दिएकाले अत्यधिक युवाको सहभागिता भएको तालिम संयोजक विजययादव निर्बिजले बताएका छन् । तालिममा सहभागीमध्ये उत्कृष्ट दशजनालाई विभिन्न सञ्चारमाध्यममा सम्पर्क गराइने र रोजगारीको लागि उन्मुख गराइने आयोजकको तर्फबाट निर्बिजले बताएका छन् ।

प्रतिक्रिया