आखिर किन भवानी माता रवि लामिछानेको कार्यक्रम ‘सिधा कुरा जनतासँग’सम्म जाने अबस्थामा पुगिन् ? [हेर्नुहोस भिडियो सहित्]

इनेप्लिज २०७५ कार्तिक ४ गते १३:२३ मा प्रकाशित

पछिल्लो समय एकाएक सामाजिक संजालमा भाईराल भएकी मातालाई देश विदेशमा बस्ने नेपालीद्वारा सहयोगले मन्दिर निर्माण भएको छ । देशैको अवसरमा गरिएको कुराकानीको क्रममा दशैको विषयमा बोल्दै भनिन्, ‘दशै भनेको दशा हो । यो शक्तिलाई कष्ट हुने समय हो । शक्तिले भोक खादैनन, शक्तिले भोक माग्दैनन, अर्काको ज्यान लिएर दशै नमनाउ।’ उनले यसरी अरुको ज्यान लिएर शक्तिलाई कष्ट हुने भएका कारण हत्या हिसा नगरी दशै मनाउन आग्रह गरेकी छिन्।

उनले देशको स्थितिबारे बोल्दै भनिन्, ‘म देशमा शान्ति चाहन्छु। अहिले देशमा शनि सङ्कट आईसकेको छ। महंगी, बलात्कारी, भ्रष्टचारीहरुको बिगबिगी छ। म राजा हु भने कत्ति छन् तर जहिले ज्ञानेन्द्र सरकार कुर्शीमा आएर बसे पछि मात्रै राजा मान्ने छौ।’ उनले नेपाललाई सङ्कटबाट बचाउन राजा चाइने बताइन।

उनले गरेको कार्य विफल बनाउने व्यक्तिहरुलाई पनि दशैको शुभकामना दिएकी छिन् । उनी भन्छिन, ‘तलाई मार्ने पर्छ, खानपर्छ भन्दै राती आउँछन्।’ उनले विगार्ने व्यक्ति चिने पनि चुप बसेको बताइन । उनले कानुन भएको भए आफ्नो मुख खोल्न रवि लामिछानेको कार्यक्रममा जान पनि तयार रहेको उनको भनाई छ ।

प्रतिक्रिया