शनिबार, भदौ ४ २०७९
काठमाडौं ०१:५९
वासिङटन डिसी 16:14

बेगनास तालमा ८ जना डुबेको घटना : कमलराजलाई प्रहरीले पक्राउ गर्यो, नडाकेका रबि किन गए दर खान ? (भिडियो)

इनेप्लिज २०७५ कार्तिक ४ गते १२:५८ मा प्रकाशित

गत भदौं २३ गते पोखराको बेगनासतालमा डुंगा दुर्घटना हुँदा ८ जनाले ज्यान गुमाए । कमलराज कँडेलको घरमा दर खान गएका पाहुनाहरु बेगनासतालमै डुबेर मरेका थिए । डुंगा लापरबाहिले पल्टीएको भन्दै मृतकको परिवारले कमलराजमाथी मुद्दा हाले र कास्की प्रहरीले उनलाई पक्राउ समेत गरेको छ । डुंगा चलाएका भनिएका रबि नाललाई दर खान डाकिएको थिएन ।

कमलराजकी श्रीमतीले भने अनुसार कमलको परिवार डाकिएको थिएन, किन आए, किन डुंगा चलाए थाहा नभएको बताईन् । यता उक्त घटनामा परेर भाग्यले बाँचेकी निशा पौडेलका अनुसार ठूलोबुबाको लापर्बाहीले डुंगा डुबेको र आउँदा दिनमा यस्तो हुन नदिन उनीमाथी मुद्दा हालिएको स्पष्ट पारिन् । कलमराजकी श्रीमतीले थप घटनाबारे नयाँ रहस्य खोलेकी छन् हेरौं यो भिडियो ।

प्रतिक्रिया