साईकल यात्राको ति बाटोहरूमा जीवनको प्रतिबिम्ब पाँऊछु

डा.अमृत बराल २०७५ कार्तिक ४ गते ११:१३ मा प्रकाशित

यस्तो लाग्छ माथि उल्लेखित भनाई मेरो जीवनमा कतै मेल त खादैन ? म अन्यौलमा छु।फेरि के रहयो भने मेरा लागि जीवन वास्तवमै खानु र सुत्नु मात्र भन्दा पनि भिन्न रहयो जीवनकै शुरूवाती क्षणहरुबाटै।

नेपालको सुन्दर नगरी पोखरामा जन्मिएको म, वास्तवमा आफु नेपाली हुनुमा निकै गर्व गर्दछु । मेरो देशको माटोले मलाई जन्मिएँ र हुर्किदै गर्दा धेरै कुरा सिकायो। मलाई आफुले पनि आफ्नो देशको लागि केही गरौं भन्ने लाग्थ्यो । जति गर्व म नेपाली हुनुमा गर्दछु त्यति नै माया म मेरो देशलाई गर्छु ।

जति गर्व म नेपाली हुनुमा गर्दछु त्यति नै माया म मेरो देशलाई गर्छु ।

आफ्नो देशको झण्डा बोकेर संसार सामु आफ्नो देश भाषा अनि संस्कृतिको प्रतिनिधित्व गर्न पाएकोमा म आफुलाई निकै भाग्यमानी ठान्दछु ।

मेरो स्कुल र १० + २ सामान्य रुपमा बित्यो र त्यसपछि म मेडिकल साइन्स अध्ययन गर्न चाइना (चीन) गएँ जहाँ मैले विश्वभरका विभिन्न व्यक्तिहरुसँग मित्रता गर्ने मौका पाएँ । मेरो अध्ययनको साथ साथै चीनमा मैले अरु धेरै कुरा सिकें मेरो साथीहरुबाट मैले उनीहरुको भाषा, संस्कृति र रहन सहनको बारेमा पनि थाहा पाएँ । जीवनमा यात्राको महत्व एवं यात्राले दिने ज्ञान र अनुभव मैले प्रत्यक्ष रुपमा महसुस गरेँ । बिदाका दिनहरुमा म र मेरा साथीहरु चीनका विभिन्न ठाउँहरु घुम्न जान्थ्यौं । सोही क्रममा मैले त्यहाँको खाना, संगीत, कला, संस्कृति, वास्तुकलाको अनुभव गर्ने मौका पाएँ । किताबमा पढेको र इन्टरनेटमा हेरेको भन्दा आफुले प्रत्यक्ष हेरेको र महसुस गरेको निकै रोचक लाग्यो । जुन ज्ञान किताबले दिन सक्दैन त्यो यात्राबाट पाइन्छ भन्ने महशुस भयो मलाई, यात्राले हाम्रो बौद्धिकताका साथ साथै हाम्रो व्यक्तित्व विकासमा पनि मद्दत गर्दछ ।

६ वर्ष चीनमा एम.बी.बी.एस को अध्ययन सकेर डाक्टर भई देशको सेवागर्ने अठोटका साथ म नेपाल फर्किएँ । त्ययसपछि मैले पोखरामै रहेर पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको इमरजेन्सी र नाक, कानतथा घाँटी विभागमा मेडिकल अफिसरको रुपमा कार्यरत भएँ । यसका साथै मैले दिर्घायु नेपाल, एक गैर सरकारी संस्था (जसको म संस्थापक सदस्यपनि छु)मा आबद्ध रहेर काम गरेँ । उक्त संस्थामा पुर्ण रुपमा संलग्न भई हामीले विभिन्न क्षेत्रमा सेवाप्रदान गरेका छौं ।

यस संस्थामार्फत हामीले नेपालका दुर्गम जिल्लाहरुमा गई निशुल्क स्वास्थ्य परिक्षण, औषधी वितरण मातृ शिशु स्वास्थ्य, लगायत सरसफाईमा जनचेतनामुलक कार्यक्रमहरुको आयोजना पनि गरेका छौं र अहिले पनि यस्ता सेवाहरु दिने क्रम जारी छ ।

२०७२ साल, बैशाख १२ गतेको बिनाशकारी भुकम्पले निम्त्याएको त्यो दुखद घडीमा सबै नेपालीहरु एकजुट भएर एक अर्काको सहयोगमा जुटेका थिए, त्यस बेलामा मलाई आफुले सिकेको मेडिकल ज्ञान र सीप भुकम्प पिडितहरुलाई सहयोग गर्नमा प्रयोग गर्नुपर्छ भन्ने लाग्यो । त्यति बेला देशलाई जनशक्ति मात्र नभई एक सहयोगी भाव बोकेका नेपालीहरुको खाँचो मात्र मलाई लाग्यो देशलाई यस्तो संकट परेको बेलामा म काम लाग्न सकिन भने मेरो डिग्रीको कुनै अर्थ हुनेछैन । त्यसबेला मलाई एक डाक्टर मात्र नभई नेपालीहुनुको कर्तव्य पुरा गर्नुपर्छ भन्ने लाग्यो ।

त्यसैले म लगायत दिर्घायु नेपालका अन्य सदस्यहरु मिलेर नेपालका विभिन्न ठाँउहरुमा खाद्यन्न, लत्ताकपडा र औषधी बोकेर हिँड्यौं । हामीले गोर्खा, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, स्याङ्जा लगायत अन्य विभिन्न स–सानागाउँहरुमा गई भुकम्प पिडितहरुलाई सेवा प्रदान ग¥यौं । त्यस क्षेणमा मलाई एकदम खुसी महशुस भयो । त्यस समयमा मैले प्रत्यक्ष रुपमा दया, माया दुःख, सहानुभुति अनुभव गरें । हामी मानिस भएर जन्म लिएपछि सकेसम्म मानवजातीको हितको लागि केही योगदान पु¥याउनु पर्छ भन्ने कुरामा म विश्वास गर्दछु ।

हामी मानिस भएर जन्म लिएपछि सकेसम्म मानवजातीको हितको लागि केही योगदान पु¥याउनु पर्छ भन्ने कुरामा म विश्वास गर्दछु ।

त्यो घटना पछि मलाई आफ्नो देशमा मात्र नभई विश्वभरी कै मानवजातिको सेवा गर्ने, आफुले जानेको ज्ञान बाड्ने र जनचेतना फैलाउनु पर्छ भन्ने भावना जाग्यो ।

त्यसपछि मेरो भाई, अजित र म मिलेर विश्वमा वातावरण संरक्षण र एच.आइ.भी एड्स सम्बन्धी जनचेतना भन्ने मुल नारा बोकेर विश्व साइकलयात्रामा निस्किने निर्णय ग¥यौं । २०१५ सेप्टेम्बर २० मा घरबाट साइकलयात्रा शुरु ग¥यौं । त्यसैगरी भवगान बुद्ध नेपालमा जन्मिएको र सगरमाथाको देश नेपाल भनेर पनि प्रचार प्रसार ग¥यौं । यात्रा पक्कै पनि सजिलो हुनेछैन भन्ने हामीलाई थाहा थियो । तर पनि जस्तोसुकै कठिन घडी आए पनि यो यात्रा पुरा गरेरै छोड्छौ भन्ने प्रणका साथ हामी अगाडी बढ्यौं र अगाडी बढ्दै जाँदा हामीले धेरै कठिन परिस्थितिको सामना पनिग र्नु प¥यो । संसारमा सबै मानिस एकनाशका हुदैंनन् रहेछ । कतिपय ठाउँमा हामी लुटियौ ।

कतिपय ठाउँमा हामी लुटियौ ।

हाम्रो सामानहरु पनि लुटियो भने कतिपय ठाउँमा उद्धार मन भएका मान्छेहरुले हामीलाई गाँस बास र कपास मात्र नभई नैतिक र आर्थिक सहयोग गर्नुभयो । यो यात्रामा हामीले धेरै माया र सहयोग पायौं धेरै मान्छेहरुबाट त्यसको लागि हामी उहाँहरु प्रति निकै आभारी छौं । हामीले नेपाल, भारत, बाङ्लादेश, श्रीलङ्का, माल्दिभ्स, पाकिस्तान, बर्मा, थाइल्यान्ड, लाओस, भियतनाम, मलेशिया, सिङ्गापुर, जापान, क्याम्बोडिया, ताईवान, दक्षिण कोरीया, ब्रुनाई र अमेरीकासम्म यस विषयमा अभियान चलाउँदै अठार हजार माइल्सको साइकल यात्रा ग¥यौं भने अमेरिकामा पच्चीससय माईल्स।
निकट भविष्यमा दक्षिण अमेरीका र युरोपको यात्रागर्ने योजना रहेको छ ।

यस यात्राले मेरो जीवनमा, सोचमा, हरेक कुरालाई हेर्ने दृष्टिकोणमा धेरै परिवर्तन ल्यायो । हामी पुगेको ठाउँहरुमा हामीले विभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गरी वातावरण संरक्षण,ग्लोबल वार्मिङ र मौसम परिवर्तन र वातावरण संरक्षणको महत्वका बारेमा आफुले जानेको ज्ञान आदान प्रदान ग¥यौं । म एउटा मेडिकल डाक्टर भएको नाताले र हाम्रो यात्राको विषयमा बोल्दा र ज्ञान बाढ्दा मलाई निकै खुशी पनि महशुस भयो ।

म एउटा मेडिकल डाक्टर भएको नाताले र हाम्रो यात्राको विषयमा बोल्दा र ज्ञान बाढ्दा मलाई निकै खुशी पनि महशुस भयो ।

एसिया र कतिपय विकासोन्मुख राष्ट्रहरुमा एवम् हाम्रै देशका दुर दराजहरूमा स्वास्थ्य चेतना बारे जानेको ज्ञान बाढ्दा र समयमा सचेत रहेमा यसबारे बच्न सकिने भन्ने कुरा बुझाउन पाउँदा आफुले केही जीवन पनि बचाएको जस्तो मलाई भान भयो । म पुगेको देशका विभिन्न गाउँशहरका समुदायमा पुगी असुरक्षित यौन सम्पर्क,अप्रभावकारी योन शिक्षा र निवारक परिधीको कमीले गर्दा यस रोग फैलिदै गईरहेको भन्ने कुरा माथि प्रकाशपारे । उचित शिक्षाद्वारा यो रोगबाट बच्न सकिन्छ भन्ने कुरामा मैले सबैको ध्यानाकषर्ण गर्ने कोशिस गरें । हामीले लावस र जापानको आशिकागमा त्यहाँ रहेका साथीहरुसँग मिलेर स्वास्थ्य शिविरमा भाग लिएर नेपालीहरुको सेवागर्ने अवसर पायौं ।

यस यात्राले हामीलाई धेरै कुरा सिकायो । एकातिर हामीलाई विभिन्न देशको भाषा, संस्कृति एवं व्यक्तिहरु सँग परिचित गरायो भने अर्कोतिर भाषा नबुझिने ठाउँहरुमा हातको इशारा र संकेत गरेर पनि बाँच्न सकिँदो रहेछ भन्ने कुराको आभाष गरायो । यसै क्रममा मैले सहनशिलता सिकें र जस्तोसुकै अप्ठेरो समयमा पनि निडर भएर परिस्थितिका सामना गरेर अगाडि बढ्न सक्नुपर्छ भन्ने कुरालाई व्यवाहारिक रुपमा भोग्ने मौका पाएँ । यि कठिनाईहरुलाई हामीले रमाइलो अनुभव र जीवनको एक पाठको रुपमा लिंदै अगाडि बढ्दै गयौं ।

हाम्रो यात्रामा रमाइला क्षणहरु पनि धैरै थिए ।आफूले नसुनेको, नदेखेको खाना खाँदा छुट्टै मज्जा हन्थ्यो । विभिन्न देशका सुन्दर डाँडाकाँडा हेर्दै प्रकृतिको मनोरम दृश्यहरु हेर्दै हामीले उपत्यका, शहर, गाउँ, मरभूमी र जंगलहरुमा साइकल चलायौं । यसका साथै विश्वका विभिन्न ठाउँहरुमा भएको र हुँदै गरेको विकासको झलकहरु हेर्ने मौका पायौं ।

यात्राले व्यक्तिमा निकै परिवर्तन ल्याउँदो रहेछ, मैले सोचेका पनि थिइन । मलाई यो यात्राले अरु प्रति दया ,माया, सहानुभुति र सहयोग गर्न मात्र नभएर आफुले आफैलाई चिन्ने अवसर पनि दियो । मैले धैर्य सहाम, अनुशासन, स्वयम्, सचेत हुने अभ्यास पनि गरें । यस यात्राले मलाई बढी आत्मनिर्भर र नम्र हुन सिकायो ।

विभिन्न जात , भाषा, धर्म र संस्कृतिका मानिसहरु सँग संवाद र अन्तरक्रिया गर्ने मौका पाईयो। मैले खुला बाटोमा साइकल चलाउँदै गर्दा आफ्नो जीवनलाई केलाएर हेर्ने समय पाँए । म ति बाटाहरुमा आफ्नो जीवनको प्रतिबिम्ब महशुस गर्थें र धेरै प्रश्नहरु मनमा उब्जिन्थे र त्यसको उत्तर खोज्ने कोशिस पनि गर्थें ।

वास्तविकता नियालेर हेर्ने हो भने नेपालको राहदानी बोकेर विश्व भ्रमणमा हिंड्न एक साधारण नेपालीको लागिनिकै कठिन हुन्छ तर असम्भव भने छैन । त्यसको लागि पैसा भन्दा पनि बढी खुला मन र आँटको आवश्यकता पर्दछ ।

विभिन्न देशका अध्यागमनकाअधिकारीहरुले नेपाली भनेपछि एक गरिब राष्ट्रका नागरिक हुन् । हाम्रो देशमा गैरकानुनी रुपमा लुकेर बस्छन् र समस्या पनि निम्त्याउन सक्छन् भन्ने धारणा पनि बोकेका हुन्छन् । त्यसै कारण भिसा दिन पनि गाह्रो मान्ने गदर्छन् । तर उनीहरुलाई आफ्नो लक्ष्य इमान्दारिता पूर्वक प्रस्तुत गर्न सकियो भने उनीहरुले प्राय खुलामनले स्वागत पनि गर्छन् । यस्तो व्यवहारले आफुलाई मात्र हैन हामीले विश्व सामु नेपालको राम्रो छाप बसाल्न सक्छौं ।हामीले नेपाललाई विश्व समुदायमा चिनाएर शान्तिको दुतबन्नपनि सक्छौं ।

एक वर्ष भन्दा बढीको यात्रामा मैले १७ देश भ्रमण गरें र त्यसपछि म पुनःआफ्नो देश फर्किएं ।

एक वर्ष भन्दा बढीको यात्रामा मैले १७ देश भ्रमण गरें र त्यसपछि म पुनःआफ्नो देश फर्किएं ।

म अहिले पोखरामा आफ्नो डाक्टरी पेशालाई निरन्तरता दिइरहेको छु । र यसका साथ साथै दिर्घायु नेपालमा आबद्ध भएर सामाजिक कार्यहरुमा पनि संलग्न भइरहेको छु ।

यदि तपाईहरु पनि यात्रा गर्ने सोचमा हुनुहुन्छ भने म तपाइलाई प्रोत्साहन गर्दछु । यात्रा गर्नुहोस् – टाढा नजिक । यात्राले तपाईको क्षितिजलाई विस्तृत गरेर तपाईमा परिवर्तन ल्याउनेछ । आफुभन्दा भिन्नभाषा संस्कृतिका मान्छेहरु भेट्दा धेरै कुरा सिक्ने मौका मिल्छ । विश्वभर के भइरहेको छ भन्ने थाहा हुनुको साथै त्यहाँको रहन सहन सिक्नुको साथै कठिनाइको सामना गर्ने हिम्मत पनि यात्राले प्रदान गर्छ । यसरी हामीलाई व्यक्तित्व विकास गर्ने अवसर मिल्छ ।

यात्राको लक्ष्य भनेको हाम्रो कल्पनालाई एक यथार्थ आकार प्रदानगर्नु हो त्यसैले यात्रा गर्नुहोस् र आफ्नो क्षितिज विस्तृत गर्नुहोस् ।

(लेखक ग्लोबल एचिभमेन्ट अवार्ड छात्रावृतिमा अमेरिकाको पेन्सिलवेनियामा रहेको वेस्ट चेस्टर यूनिवर्सिटीमा मास्टर डिग्रीमा अध्ययनरत छन।)

प्रतिक्रिया