अमेरिका भर्खर आएकाले साबधानी अपनाउनु पर्ने तथा अनिवार्य रुपमा जान्नै पर्ने ५ कुराहरु

विजय थापा २०७५ कार्तिक ४ गते १:४१ मा प्रकाशित

डिसी । हामी नेपालमा बसेका धेरैलाई अमेरिका पुगे पछि नजानेको कारण थुप्रै कुरामा आपत पर्दछ । अमेरिका जस्तो देशमा पनि निरन्तर ठग द्वारा ठगिनेमा परि रहिन्छ । अमेरिका आए पछि धेरै कुरा जीवनमा सिकेका रहनेछौ जस्तो पनि लाग्छ । अमेरिका भर्खर पुगेकाले अनिवार्य रुपमा साबधानी अपनाउनु पर्छ । साथै अनिवार्य रुपमा जान्नै पर्ने ५ कुराहरु जान्नै पर्ने पर्छ ।

अमेरिका पुगे पछि अमेरिकाको प्रणालीको बारेमा आफन्त ,साथीभाई र आफ्ना इष्टमित्र संग लाज नमानी सोध्नु पर्छ । हुन् त मानिस बाध्यता भए पछि सबै कुरा सिक्दै जान्दछन । नेपालका धेरै कुरामा पछाडी पारिएको भएता पनि अमेरिका आएर नै सबै कुरा जान्ने नेपाली समुदाय पनि हुन्छन र छन् पनि ।

अमेरिका भर्खर आएका जो सुकै लाई पनि धेरै अप्ठ्यारो महसुस हुन्छ । अन्य यस्ता कुराहरु हामीले नजानेका हुन्छौ । नेपालबाट जे उद्धेश्यले आएको भएता पनि कसैको घरमा बस्नु पर्छ । खानै पर्छ र सामान किन्नै पर्छ ।

नेपालबाट जे उद्धेश्यले आएको भएता पनि कसैको घरमा बस्नु पर्छ । खानै पर्छ र सामान किन्नै पर्छ ।

कुनै समय आफ्नो घर पनि किन्नै पर्छ । यस्ता अनगिन्ती कुराहरु हामीले जानेका हुदैनौ । र सिक्ने प्रयास गरेको खण्डमा हामीले कहिले पनि पाखे जस्तो बन्नु पर्ने अवस्था रहदैन । यी जान्नु पर्ने र सावधान हुनु पर्ने ५ कुराहरु गाँठो पार्नै पर्छ ।

पहिलो : चिट्ठा : अमेरिका आएको पर्यटक बाहेक स्थाई रुपमा अमेरिका आएका र अमेरिकन पद्धतिमा नाम दर्ता भए पछि अज्ञात स्थलबाट ठगहरुले तपाईलाई लाखौ लाख डलरको चिट्ठा परेको छ भन्ने गर्छन । भर्खर आएकोलाई साच्चै परेको जस्तो पनि लाग्छ । ठगका पनि ठग जसले ठग मै बिद्या वारिधि गरेका हुन्छन ।

उनीहरुले हाम्रो कम्पनि या संस्था या अन्य चिजको नाम लिएर तपाई भाग्यशाली चिट्ठा खोल्दा तपाईलाई लाख या सो भन्दा माथि परेको छ तर प्रक्रियाको लागि १ सय या २ सय डलर लाग्छ भन्दा हामी खुरुक्क दिन्छौ अनि ठगीमा पर्दछौ । मुद्रा लिएर सुई कुच्चा ठोक्ने अनगिन्ती उदाहरण छन । यसबाट बच्नु होस् र कुरामा नभुल्नु होस् । यदि गरेमा हामी ठगिन बाट बच्दछौ ।

दोश्रो : राजस्व/कर दाखिलामा गडबड : अमेरिकामा सर्बाधिक ठगिने भनेको नै अज्ञात स्थल बाट हामि आईआरएस ( इन्टरनल रिभेन्यु सर्विस )बाट बोलको हौ भनि ठग्ने ठगहरु बिगबिगी हुन्छन । तिमीले यति ठगेका छौ अहिले भुक्तानी नगरे प्रहरी तिमीलाई अहिले समात्न पठाउछौ भनेर ठग्दछन ।

मातृभूमि फ़र्काउछ भन्ने दरले तुरुन्तै त्यस्ता ठगलाई पैसा कसैलाई नभनेर बुझाउछौ । यस्तो परेमा आफुले प्रहरीलाई भनेमा अझ फाइदा हुन्छ र आफु ठगिन बाट बच्दछौ । त्यसबाट बच्न सक्नु ठुलो बुद्धिमानी हुन्छ । अमेरिका आए पछि काम गरेको छ भने हरेक बर्षको अप्रिल महिनाको मध्य सम्म आफ्नो कर संघीय सरकारलाई बुझाउनु पर्ने हुन्छ । उनीहरुले हाम्रा नेपाली समुदायका कमजोरी पत्ता लगाएर हामीलाई ठग्ने गर्छन ।

तेश्रो : बिधुतिय डाक (ईमेल) द्वारा आर्थिक सहयोग : चोरको हजार दाउ हुन्छ भने झैँ दशा लागे पछि मानिस जसरी पनि ठगिन्छ । कैयौ नेपाली समुदायहरु यस्तो ईमेल बाट ठगिएका छन् । त्यो भनेको ह्याक (अनाधिकृत प्रवेश गरिएको ईमेल( बिधुतिय डाक ) बाट फलाना बैंक मा पैसा पठाउनु भनेको हुन्छ । त्यो कुरामा ध्यान पुर्याउनु भयो भने हामी आर्थिक क्षति हुन् बाट बच्दछौ । आफ्नै मिल्ने साथी अर्को देशमा जाँदा सबै चिज हराएर आफुलाई केही खर्च पठाउनु है भन्दा साथी दुखमा परेको सम्झेर पठाउदा आर्थिक नोक्सानमा परिन्छ ।

चौथो : यन्त्र तथा उपकरण चलाउन जान्नु पर्ने ; अहिलेको यूग बिज्ञान ,सुचना र प्रबिधिको चरम विकासको युग हो । सामाजिक संजालले मानिसलाई निकै चतुर बनाई दिएको छ ।

सामाजिक संजालले मानिसलाई निकै चतुर बनाई दिएको छ । जे पनि गुगल गरेर हेरेमा सिक्न सकिने जमाना पनि आएको छ । तर सबै यसमा पोख्त हुदैनन् ।

भान्छामा कसरी खाना पकाउने र कहाँ बाट भात या अन्य चिज पकाउने स्वचालित ग्यास (वायुरूप द्रव्य) आउछ ? आदी ईत्यादी कुरामा ध्यान पुर्याउन अत्यन्तै जरुरी हुन्छ । सरल हुन्छ तर कहिले काही स्वचालित हुने हुनाले हामीलाई ठुलो आपत पर्द्छ नत्र कैयौ ठाउँमा आफूले दुख पाइने हुन्छ । त्यति मात्र हैन ज्यान समेत खतरामा पर्छ ।

नेपालमा अत्यधिक रुपमा हस्तचालित ( म्यानुअल) चलाउने बानी कम हुने हुन्छ । र अझ नेपालका बिकट स्थानमा शहरमा भन्दा अझ यस्ता कुरा भन्दा अझ हस्तचालित मात्र प्रयोग गर्ने प्रचलन हुन्छ । तर अमेरिका मात्र नभनौ विदेशमा यस्तै नली बाट पकाउने ग्यास जडान गरिएको हुन्छ । यसमा धेरैलाई धोका भएको छ ।

यसै गरि लुगा धुने यन्त्र मा कस्तो आकार( साइज) छ त्यस अनुसार कपडा हाल्नु पर्ने हुन्छ । सुरु सुरुमा नजानेर सानो यन्त्रमा धेरै लुगा हाल्ने हुनाले ठुलो धोका हुन्छ । यन्त्रले घर नै हल्लाउने गरि घुमेर थर्कमान हुनु पर्छ । साबधान हुनु अति जरुरी हुन्छ । यसै गरि छत् माथि धुवा या आगो लाग्दा सावधानी अपनाउन भनेर धुवा या आगो लागेमा तुरुन्तै पत्ता लगाउने संसूचक उपकरण जडान गरेको हुन्छ । तर हामीले गुन्द्रुक या सेल रोटि पकाउदा ठुलो आगो या धुवा लागेमा चेतावनी स्वरुप सावधान ध्वनि दिए पछि त्यसको रोकथाम गर्नु पर्छ ।

यसै गरि अमेरिकामा सुक्ष्म तरंग (माइक्रो वेब ) मा खाना पकाउने हुनाले अलिक याद गर्नु पर्ने हुन्छ । कहिले काही नयाँ मान्छेलाई १ मिनेट या ३ मिनेट थिचेको जस्तो लाग्छ तर १० मिनेट या २० मिनेट झुक्किएर थिच्दा आगो लाग्ने र ठुलो आपत आई लाग्छ । यस्ता थुप्रै कुराहरु को ज्ञान आफन्त संग लिन अनिवार्य हुन्छ ।

पाचौ : आमाबुवा/पाहुनालाई ज्ञान दिनु पर्ने : अमेरिकामा आफूले डाकेका पाहुना,बुवाआमा ,हजुरबुवा/हजुरआमा तथा अन्य घरमा रहेमा धेरै कुराहरु सिकाउनु पर्ने हुन्छ । हामी जस्तो स्वचालित ग्यास चलाउन या लुगा धुने यन्त्र चलाउन या अन्य कुराहरुमा कमजोर हुन्छन । उनीहरुलाई राम्रो संग सिकाउनु पर्छ ।

शौचालयको ढोका समेत लगाउन सिकाउनु पर्छ किनभने नेपाल र यहाँको फरक हुन्छ । कहिले कहिँ बुढाबुढी थुनिन्छन । घर बाहिर पनि त्यतिकै छोड्नु हुदैन हराउद्छन । अंग्रेजी बोल्न नआएता पनि साथमा आफ्नो सम्पर्क संख्या र कुन ठाउँमा बस्ने भन्ने घोकाउनु पर्छ । घर संख्या जान्ने छन् भने सिकाउनु पर्छ । खाना उनीहरुलाई आफै खानु भन्दा कहिलकाही चूलोमा आपत पर्दछ । केही परेमा आफुलाई सम्पर्क गर्नु भनेर सिकाउनु पर्छ ।

अमेरिका आएकाले यसका अतिरिक्त थुप्रै कुराहरु सिक्नु पर्ने हुन्छ । कसैले पनि जन्मिने बितिक्कै जानेका हुदैनन । अमेरिका आए पछि सबैले सिक्दछन । तथापी ५ कुराहरुमा सावधानी अपनाईएमा या ध्यान दिएमा कहिले दुख पाइदैन ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया