शुक्रबार, माघ १४ २०७८
काठमाडौं ०८:४९
वासिङटन डिसी 22:04

प्रियंका र निकको विहे मिति तय, जाेधपुरमा भव्य तयारी

इनेप्लिज २०७५ कार्तिक ३ गते १९:५६ मा प्रकाशित

मुम्बई । अमेरिकी गायक निक जोनस र बलिउड अभिनेत्री प्रियंका चोपडाको विहे मिति तय भएको छ । प्रियंका र निकको विहे डिसेम्बर २ मा हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विहे जोधपुरमा ३ दिनसम्म चल्ने बताइएको छ । विहेको तयारीका लागि निक भारत आएका छन् । दुबैका परिवार विहेको तयारीमा जुटेका छन् ।

हलिउड टेलिसिरियल क्वान्टिकोमा काम गर्ने क्रममा निकसँग नजिकिएकी प्रियंका पछिल्लो समय फिल्मी क्षेत्रबाट टाढा छिन् । निकसँगको सम्बन्धकै कारण प्रियंकाले सलमान खानको फिल्म भारत छोडेकी थिइन। भारत छोडेलगत्तै आफूभन्दा १० वर्ष कान्छा निकसँग प्रियंकाले इन्गेजमेन्ट गरेकी थिइन्।

प्रतिक्रिया