१ अर्ब डलरको मेगा मिलियन ज्याकपट कसैलाई परेन ,मंगलबारमा फेरी खुल्दै
बिजया दशमीको शुभ साइत मै अमेरिकाको ईतिहास मै सर्वाधिक ठूलो धन राशीको मेगा मिलियन ज्याकपट कसैलाई नपरेको मेगा मिलियनले आधिकारिक रुपमा जानकारी गराएका छन् । १ अर्ब डलरको उक्त चिट्ठा अहिले बिहान ५ बजे सम्म कसैले पनि दावी गरेका छैनन् ।
उक्त रकम कसैलाई नपरे पछि सोही चिट्ठा मंगलबारमा फेरी खुल्दै भएको छ । र सम्भवत अब उक्त चिट्ठाको रकम १.६ बिलियन डलर हुने भएको छ । गत अक्टोबर १९ तारिखमा खुलेको भाग्यशाली अंक १५,२३,५३ ,६५ ७० रहेको छ भने मेगा बल ७ अंक रहेको छ । आगामी अक्टोबर २३ मंगलबार चिट्ठा खुल्ने छ ।
शुक्रबार कसैले ज्याकपट प्राप्त नगरेता पनि १५ जनालाई कम्तिमा पनि १० लाख डलर बराबरको चिट्ठा प्राप्त गरेका छन । १ बिलियन डलर चिट्ठाको भाग्यशालीले बिजेता भएको भए एकै पटक नगद लिन चाहेमा ५६५ मिलियन डलर प्राप्त गर्न सक्ने थिए ।
अमेरिकाका ४४ राज्यमा मेगा मिलियन टिकट खरिद गर्न सकिने छ । उक्त चिट्ठा गत शुक्रबार नेपालीहरुको महान चाड बिजया दशमीको राती ११ बजे स्थानीय संचार माध्यम को प्रत्यक्ष प्रसारणमा खोलिएको थियो ।
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया