दसैँमा विकृति

इनेप्लिज २०७५ कार्तिक २ गते १०:३९ मा प्रकाशित

प्रेमबहादुर शाही

आज हिन्दु धर्मावलम्वीहरुले महान चाड दसैँ मनाईरहेका छन । लोक कथाअनुसार त्रेत्रायुमा रामले आफ्नी श्रीमती सीतालाई रावणले हरण गरेपछि लंकामा लडाईँ गरी रावणलाई समाप्त गरी हरण भएकी श्रीमती फेरि आफूले ल्याउन सफल भएकाले अर्थात विजय प्राप्त गरेकाले अयोध्याबासीले यो विजयलाई उल्लासका साथ मनाए अनुसार दसैं मनाउन थालिएको हो । ‘असत्य माथि सत्यको विजय’ भएको उत्सवका रूपमा मनाईने दसैं चैतमा हो । तर हाम्रो पुर्खाहरुले दर्सैको इतिहासलाई आफु र समय अनुकुल ब्याख्या गदै आए । जसको परिणाम चतै दसैंको महत्व कम हुदैं भयो । त्यसैले विजया दशमी भनेको रामले रावणालाई समाप्त गरी विजय गरेको दिन चतैमा हो । नवदुर्गामा होइन । हामीले पनि त्यहि पुर्खाले बङ्गाएको इतिहासलाई आत्मसाथ गदैं आएको छौं । यो हाम्रो लागि राम्रो होइन । ठूला मान्छेको हातबाट रातो रङको अक्षता लगाई नौ दिनसम्म विभिन्न कष्ट सहेर गरेको पूजाको आशीर्वाद पाउने आशाका रूपमा मनाईरहेका छन । आजको दिन दसैँको दिन पिङ खेल्ने र मीठा खानेकुरा खाने गरिए तापनि कसैलाई भने दसैँ दशा बन्ने गरेको छ ।

नेपाली समाजले विगतमा आफ्नो स्तरअनुसार खर्च गरी सामाजिक सद्भाव नखल्बलाइ धूमधामका साथ मनाउने दसैँ अहिले भने तड्क भड्कका साथ मनाउने प्रचलन बढ्दो छ । एकले अर्काको देखासिखी गर्दै आफनो क्षमता भन्दा माथि रहेर ऋणमा डुबेर भए पनि भड्किलो तरिकाले दसैंँ मनाउनेको संख्या पनि बसेनि बढ्दै गएको छ । हाम्रो समाजलाई पाच्य नहुने संस्कार बढ्दै जानु हाम्रो लागि दुखत हो । दसैँका नाममा नेपाली समाजले विकृति÷विसंगति रुचाउन थालेको देखिएको छ । जुवा, तास, मदिरा, एकापसमा झैझगडा, काटमार जस्ता विकृति बढ्दै गएका छन् भने महँगा कपडा किन्ने र सामाजिक सद्भाव विथोलिने गरिएको छ । अवका दसैंमा भित्रिएका विकृति÷विसंगति हटाई आफ्नै मौलिकतामा भव्य र सभ्यतवरले दसैं मनाउन लाग्नु पर्छ ।

लेखक – नेपाल पत्रकार महासंघ दैलेखका कोषाध्यक्ष हुन ।
सम्पर्क नम्बर –– 9864732475

 

इमेल [email protected]

 

प्रतिक्रिया