नेपालमा विजयादशमी धमाधम मनाइदै (बिशेष तस्बिरहरु )
अमेरिकामा केही घण्टा पछि सुरु
२०७५ सालको बिजया दशमी भब्यताको साथ अधिराज्यभर मनाइदै छ । राष्ट्रपति ,प्रधान मन्त्रि लगायत सर्वसाधारणले शुभ साइत देखि नै मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाई रहेका छन् ।
नेपालमा आजको दिनलाई दसैंको सबै भन्दा मुख्य दिन मानिन्छ। ९ बजेर ५१ मिनेटको लागि विशेष साइत लगाएका छन् । साथै राष्ट्रपति तथा प्रधान मन्त्रिले पनि शुभकामना संदेश दिएका छन् भने सर्बसाधारणलाई टीका लगाई रहेका छन् ।
घटस्थापनाका दिन पूजाकोठामा राखिएको जमरा आजकै दिन विसर्जन गरेपछि कोजाग्रत पूर्णिमाको दिनसम्म टीका लगाउने प्रचलन छ। असत्यमाथि सत्यको विजयका रुपमा मनाइने यो पर्व मर्यादापुरुषोत्तम श्रीरामले आसुरी शक्तिको प्रतीक रावणमाथि विजय प्राप्त गरेको अथवा शक्तिस्वरुपा देवी भगवतीले महिषासुर दैत्यको वध गरी विजयश्री प्राप्त गरेको पुनीत सम्झनामा मनाउने गरिन्छ ।
मीठो खाने, राम्रो लगाउने, निधारभरि राता टीका लगाएर शिरमा जमरा सिउरेर मान्यजनबाट टीका थाप्न जानेहरुको आज विशेष चहलपहल देखिन्छ । दशदिनसम्म मनाइने यो बडादसैं पर्व धार्मिकमात्र नभएर सामाजिक–सांस्कृतिक पर्वका रुपमा समेत महत्वपूर्ण मानिन्छ ।
विश्व प्रसिद्ध लेखक सलमान रुस्दी माथी न्यूयोर्कमा आक्रमण
अमेरिकाको नर्थ क्यारोलाइनाको एक ब्यायामशाला बाहिर गोलाबारी हुँदा १ जनाको मृत्यु ,३ जना घाइते
रिपोटर्स क्लब नेपाल अमेरिका शाखाको कार्यसमिती गठन
एफबीआईको कार्यालयमा प्रवेश गर्ने प्रयास गर्ने एक सशस्त्र संदिग्ध अधिकारीहरूसँगको विवादपछि मारिए
बाल्टिमोरको हिन्दु बुद्ध मन्दिरमा नेपालीमूलका बिद्यार्थीहरुलाई विशेष सम्मान गरिने
प्रतिक्रिया