नेपालमा आज -अमेरिकामा भोलि विजयादशमी

इनेप्लिज २०७५ कार्तिक २ गते १:२१ मा प्रकाशित

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रुपमा मनाइने दशै पर्व अन्तर्गतको आज विजयादशमी मनाइदै छ । अमेरिकामा अक्टोबर १८ तारिख बिहिबार राती पर्ने भएकोले भोलि बिहान अर्थात् अक्टोबर १९ तारिख शुक्रबार दशैँ मनाइदै छ । नेपालमा आजको दिनलाई दसैंको सबैभन्दा मुख्य दिन मानिन्छ।

मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ भने अमेरिकामा भोलि यसरी नै मनाइने छ । नेपालमा आज ९ बजेर ५१ मिनेटको लागि विशेष साइत रहेको बताइएको छ। तर, आजको दिन आफैंमा शुभ रहेकाले जुनसुकै समयमा पनि टीका लगाउन सकिन्छ भनिएको छ । त्यसैले अमेरिकामा पनि त्यसै गरि मनाइने तयारीमा नेपाली समुदाय रहेका छन् ।

अमेरिकामा भोलि अक्टोबर १९ तारिख शुक्रबार कामको दिन परेकोले छुट्टि नमिल्ने र बिदा स्वीकृत नहुनेहरु काम बाट आए पछि साँझ पख लगाउने छन । नेपालमा आज मान्यजनको हातबाट टीका लगाएर आशिर्वाद लिने चलन छ। साथै, घटस्थापनाको दिन राखिएको जमरा लगाइदिने चलन छ।

घटस्थापनाका दिन पूजाकोठामा राखिएको जमरा आजकै दिन विसर्जन गरेपछि कोजाग्रत पूर्णिमाको दिनसम्म टीका लगाउने प्रचलन छ।

प्रतिक्रिया