आइतबार, माघ ९ २०७८
काठमाडौं ०९:०६
वासिङटन डिसी 22:21

नेपाली र भारतीय राष्टियस्तरका कुस्ती खेल हेर्न हजाराँको भीड

इनेप्लिज २०७५ कार्तिक २ गते ०:३८ मा प्रकाशित

सञ्जय मित्र, रौतहट

रौतहटको गरुडामा नेपाली तथा भारतीय राष्ट्रियस्तरका कुस्ती खेलाडीहरुको खेल हेर्न हजारौँ दर्शकहरु ओइरिने गरेको देखिएको छ ।
बुधबार र विहीवार सम्पन्न कुस्ती खेलप्रति हजारौँको उत्सुकता देखिएको हो ।

बुधबार पर्साका पहवारी यादव र नयाँ दिल्लीका बिटु यादवबीचको खेल निकै रोमाञ्चक थियो । बिटुले पहवारीलाई निकै संघर्षपछि जीत हासिल गरेका थिए ।
यसै गरी पटनाका विजय यादव र नयाँ दिल्लीका कौसर यादवबीचको खेल पनि निकै रोमाञ्चक देखिएको थियो । अपत्यारिलो किसिमले पटनाले दिल्लीलाई पराजित गरेको थियो ।

नेपालका राष्ट्रिय प्रशिक्षक राजेश्वर यादव र भारतको गोरखपुरका सहदुल राजाबीच भएको खेल दुई मिनेटभित्रै प्रशिक्षक यादवले भारतीय खेलाडीलाई पछारेका थिए ।
बुधबार १८ जोडी ठूलो खेल भएकोमा बिहीवार पनि १८ जोडीलाई नै खेलाइएको थियो । शुक्रबार महिला कुस्तीबाज हरुको खेल हुने आयोजक समितिका अध्यक्ष नागेन्द्रप्रसाद चौरसियाले बताएका छन् ।

प्रतिक्रिया