न्यूयोर्कमा “राईड फर नेपाल–कार ¥याली”को आयोजना हुने

इनेप्लिज २०७५ कार्तिक १ गते २१:३५ मा प्रकाशित

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार ¥याली”को आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्डको आयोजना र नेपाली महावाणिज्य दूतावास न्यूयोर्कको सहकार्यमा आगामी अक्टोबर २७, २०१८ को दिन न्यूयोर्कको पांचै बोरोहरुमा “राईड फर नेपाल–कार ¥याली” को आयोजना गरिने भएको जानकारी गराएको छ ।

“सुखी नेपाली, समृद्ध नेपाल” को सपना साकार पार्न नेपाल सरकारले पर्यटन व्यवसाय मार्फत आर्थिक समृद्धि ल्याउने उद्देश्यका साथ सन् २०२० लाई “भ्रमण बर्ष २०२०” को घोषणा गरेको छ ।

उक्त छापा बिज्ञप्तिमा हालका बर्षहरुमा १० लाख पर्यटक नेपाल आउने गरेकोमा उक्त भ्रमण बर्ष २०२० मा यसै अभियान मार्फत २० लाख पर्यटक भित्राउने लक्ष्य नेपाल सरकारले लिएको समेत उल्लेख गरेको छ ।

यस अभियानलाई सफल पार्न स्वदेश तथा बिदेशमा बिभिन्न पर्यटन प्रर्वद्धनका कार्यहरुलाई नेपाल सरकारले नेपाल पर्यटन बोर्डको अगुवाईमा अत्यन्त महत्वका साथ अघि बढाईको जानकारी छापामा उल्लेख गरेको छ ।

हालका बर्षहरुमा १० लाख पर्यटक नेपाल आउने गरेकोमा उक्त भ्रमण बर्ष २०२० मा यसै अभियान मार्फत २० लाख पर्यटक भित्राउने लक्ष्य नेपाल सरकारले लिएको छ । उक्त कार्यक्रममा अमेरिका र खासगरी न्यूयोर्कमा स्थापित बिभिन्न नेपाली संघ/सँस्था हरुको प्रत्यक्ष सहयोगमा सम्पन्न हुन लागेको हो।

र ¥याली अक्टोबर २७ तारिखको बिहान ९ बजे न्यूयोर्कको कुईन्सबाट शुभारम्भ भई न्युयोर्क राज्यको पाँचवटै बोरोहरु (कुईन्स, मेनह्याटन, ब्रुकलिन ,ब्रोङ्कस र स्टेटन आईल्याण्ड) को परिक्रमा गरि अपरान्ह् ३ बजे ज्याकसन हाईटको डाईभर्सिटी प्लाजामा समापन हुने जनाएको छ ।

 

न्यूयोर्कका लागि नेपाल पर्यटन बोर्डका अवैतानिक पर्यटन प्रतिनिधी प्रदिप श्रेष्ठले अक्टोबर १८, २०१८ का दिन छापा विज्ञप्ति मार्फत उक्त जानकारी गराएका छन ।

उक्त छापा विज्ञप्तिको पूर्ण पाठ जस्ताको तस्तै : यहाँ थिच्नु होस् :

“राईड फर नेपाल–कार ¥याली”

 

प्रतिक्रिया