पोर्चुगलका गायक सूर्य तिवारी बिस्तारै बिस्तारै के भन्न खोज्दै छन्

इनेप्लिज २०७५ कार्तिक १ गते ११:३१ मा प्रकाशित

नेपालको तनहुँ स्थायी घर भई विगत ५ वर्ष देखी पोर्चुगलमा बसोबास र व्यवसाय गर्दै आउनु भएका गायक सूर्य तिवारीको रक पप गीत बिस्तारै बिस्तारैको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा शब्द, संगीत र स्वर पनि सूर्य तिवारीकै रहेको छ । आधुनिक रक पप मेलडीको यस गीतमा माया र पिरतीको शब्द र भाकाहरु गुन्जिएका छन् ।

गायक तिवारीको यो तेस्रो संगीतीक कोसेली हो । प्रदेशमा बसेर आफ्नो व्यस्तताको वावजुद पनि गायक तिवारीले गीत संगीतलाई समय दिनु भएको छ भने यस रकपप गित विस्तारै विस्तारैको सम्पूर्ण छायाँकन पोर्चुगलको लिजवन, सिन्त्राका साथै युरोपको अन्तिम विन्दु कावोदे रोक्कामा गरिएको छ ।

बिस्तारै बिस्तारैको म्यूजिक भिडीयोको लागी तलको लिङ्क क्लिक गर्नु होला  :

प्रतिक्रिया