अमेरिकामा दशैं चर्चित फोटोग्राफर राजिव श्रेष्ठको ‘फोटोशूट’

इनेप्लिज २०७५ कार्तिक १ गते २:५४ मा प्रकाशित

वाशिंगटन डी. सी., अमेरिका । सबै चाड पर्वहरुले आआफ्नै महत्व बोकेका हुन्छन । ती पर्वहरुलाई मनाउने आफ्नै शैलीहरु छन् । धेरै चाडहरु मध्ये दशैंको छुट्टै रौनक र उल्लास रहेको छ । प्रत्येक दशैंलाई आ-आफ्ना मध्यमबाट अभियक्त गर्दछन् ।

चित्रकारले चित्र कोर्छ, संगीतकारले संगीत भर्छ, गायकले गित गाउँछ,फोटोग्राफरले फोटो खिच्छ । यसरी दशैंलाई आफ्नो कला मार्फत अभियक्त गरिन्छ । चर्चित फोटोग्राफर राजिव श्रेष्ठले पनि ‘फोटोशूट’ मार्फत दशैंलाई अभियक्त गरेका छन् ।

केहि वर्ष देखि अमेरिकामा बसोबास गर्दै आएका श्रेष्ठले भर्खरै मोडेल प्रकृति कार्की र कला नेउपानेको ‘फोटोशूट’ मार्फत अमेरिकाको दशैंलाई उजागार गर्ने प्रयास गरेका छन् । अमेरिकाको म्यारिल्याण्ड र न्युयोर्क राज्यमा दशैंको ‘फोटोशूट’मा ब्यस्त रहेका राजीव श्रेष्ठ अन्य राज्यहरुमा पनि पुग्ने बताउछन् । नेपालमा मात्र होइन, नेपालीहरु पुगेको सबै मुलुकमा दशैंको चहलपहल बढेको छ । अमेरिकाको विभिन्न राज्यमा पनि दशैंको चहलपहल छ ।

समय संगै चाड पर्व मनाउने क्रम नाच-गान र खानपिनमा मात्र सिमित रहेन । व्यवसायिक फोटोग्राफरबाट फोटो खिचाउने चलन पनि निकै लोकप्रिय भएको छ । नेपालमा रहँदा पनि दशैं तिहारलाई विभिन्न मोडेल तथा सेलेब्रिटी ‘फोटोशूट’ मार्फत प्रस्तुत गर्दै आएका श्रेष्ठले अमेरिकामा पनि त्यहि कलालाई निरन्तरता दिईरहेका छन् ।

फोटो-कलाको माध्यामबाट नेपाली तथा विदेशी मोडेल, कलाकार तथा सेलेब्रिटी विश्वमा परिचित गराएका श्रेष्ठ तीजमा गरिने फोटोशूटको विशेष महत्व हुने बताउँछन् । उनि भन्छन-” हुन त मैले नेपालमा हुँदा होलि, तिज , तिहार, जात्रा तथा सबै चाडपर्वलाई फोटोको माध्यामबाट प्रस्तुत गर्दै आएको छु । तर दशैंमा प्रयोग टिका, जमराको रंगले रंग (कलर) ले फोटो कलात्मक र सुन्दर देखिने हुनाले यो फोटोशूटलाई बढी महत्व दिन्छु ।”

राजिव श्रेष्ठका दशैं तिहार विशेष फोटोहरु क्रमश मिडिया आउने कुरा बाताएका छन् । यस वर्ष नेपालीपात्रो अनुसार बिक्रम सम्बत् २०७५ साल कार्तिक २ गते शुक्रबार तदअनुसार सन् २०१८ अक्टोबर १९ तारिक शुक्रबार अमेरिका र क्यानाडामा रहेका नेपाली समुदायमा यसपालीको बडादशैको टीका लगाउने छन् । बडादशैको हार्दिक शुभकामना !

 

 

 

 

प्रतिक्रिया