पुन्यभुमी

बालानन्द भण्डारी २०७५ कार्तिक १ गते १:२१ मा प्रकाशित

सीता , भृकुटी ,पार्वती लगाएतकाको पुन्यभुमिमा

थुप्रै थुप्रै निर्मला हरुको अस्मिता कोपरिएको

यह लिला चुडालिएको , मानब बधमा लिप्त

नरपिचास हरुको बिगबिगी

यसैबीच

थुप्रै पटक सुर्य उदय अनि अस्तय भै सक्दा पनि

धान खाने मुसो दुलो भित्र पसेरहोकी ?

बिरालाहरु अकर्मड्यता ?

अझ भनौ , तौलिने तराजुमै कैफ़िएत ?

देब को तथास्तु ? वा

कृत्रिम डाइनासोरको संरक्षण ?

कुरू क्षेत्रमा परेको कसरि भनौ ?

जहा दोहोरो भिडन्त छैन

अनि अहिंसा र बुद्ध भुमि ?

किमार्थ अपच ! सारा जगत

अनि फेरिपनि भनौ “पुन्यभुमिमा ”

 

प्रतिक्रिया